एमाले भएर बस्न मन थियो तर दिइएन : मन्त्री श्रेष्ठ | Khabarhub Khabarhub

एमाले भएर बस्न मन थियो तर दिइएन : मन्त्री श्रेष्ठ


१९ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले एमालेमा मिलेर बस्न नदिएका कारण बाध्यतावश समाजवादी पार्टी खोल्नुपर्ने बताएका छन् ।

कांग्रेससँग गठबन्धन गरेर अघि बढ्नु आफूहरुको बाध्यता भएको पनि बताए ।

मन्त्री श्रेष्ठले भने, ‘हाम्रो रहर हैन् नेपाली कांग्रेससँग मिल्नु । हामी त नेकपा एमाले भएर बस्न चाहान्थ्यौँ । तर बस्न दिईएन्’, उनले भने । एमालेमा गरिएको फरक व्यवहारका कारण बाध्यतावश एमाले छाड्नु परेको उनको भनाइ छ । जनताको जनादेशमाथि घात भएपछि एमाले छाडेको उनले स्पष्ट पारे ।

शनिबार भिमादमा भएको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले अबको स्थानीय तहमा समाजवादीले आफुलाई विजयी गराएर विकास कसरी गर्ने सिकाउने दाबी गरे ।

मन्त्री श्रेष्ठले आगामी निर्वाचनमा राम्रो काम गर्ने नेतालाई मत दिन अनुरोध गरे । उनले अगाडी थप्दै भने, ‘जनताको पक्षमा काम गर्ने नेता छान्ने अवसर आएको छ ।

आफुले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि रोजगारी सिर्जना गर्नुका साथै श्रम शोषणमा परेका युवाहरुको उद्दारमा उदाहणीय काम गरेको मन्त्री श्रेष्ठले जिकिर गरे । वैदेशिक रोजगारीका शिलशिलामा ठगिएकाहरुलाई न्याय दिने काम गरेको उनले बताए ।

प्रकाशित मिति : १९ चैत्र २०७८, शनिबार  ४ : ३५ बजे

अस्ट्रेलिया–इन्डोनेसिया नयाँ सुरक्षा सन्धिमा सहमत

सिड्नी– अस्ट्रेलिया र इन्डोनेसियाले बुधबार नयाँ सुरक्षा सन्धिमा हस्ताक्षर गर्न

मतदाता नामावली दर्ता गर्नेको चाप उच्च

म्याग्दी– जिल्ला निर्वाचन कार्यालय म्याग्दीमा पछिल्लो समय मतदाता नामावली दर्ता

तनहुँमा एक हजार पाँच सय मतदाता थपिए

दमौली– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

बर्खामा गुल्जार बन्ने बुकीपाटन हिउँदमा सुनसान 

बागलुङ– बर्खामा आन्तरिक पर्यटकले गुल्जार बनेको बुकीपाटन चिसो बढेपछि सुनसान

एनआरएन इन्फ्रास्ट्रक्चरले प्रस्ताव गर्‍याे ४२ प्रतिशत लाभांश

काठमाडौं– एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टले ४२ प्रतिशत लाभांश प्रस्ताव गरेको