मोडलिङसँगै अभिनयमा दीपाशा (फोटो फिचर) « Khabarhub

मोडलिङसँगै अभिनयमा दीपाशा (फोटो फिचर)


१९ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मोडलिङमै रहेर अभिनय खोजिरहेकी छिन्, दीपाशा बिसी ।

सुर्खेतमा जन्मिएकी दीपाशा टिभी फिल्मीको रियालिटी शो ‘को बन्छ कलाकार’ मार्फत अभिनयको दुनियामा पाइला टेकेकी हुन् ।

त्यहाँ नोटिश भएपछि उनले शोभित बस्नेत निर्देशित फिल्म ‘दुलही रानी’ मार्फत अभिनयमा डेब्यु गरिन् ।

 

त्यसयता उनले झेली, ओएमजी, गहिराइ , विरानो माया, छाललगायतका फिल्महरूमा काम गरिसकेकी छिन् ।

फिल्मसँगै मोडलिङमा समेत उनी सक्रिय छिन् । बेलाबखतमा फेशन शोमा देखिने दीपाशाले पाँच सय बढी म्युजिक भिडियोमा काम गरिसकेकी छन् ।

सञ्जीवनीको स्वर रहेको ‘तिमी थोरै’ बोलको गीतबाट म्युजिक भिडियोमा डेब्यू गरेकी दीपाशाले लोकदोहोरी र तीज गीतमा ज्यादा अभिनय गरेकी छन् ।

सँगै स्टेज शो, विज्ञापनलगायतमा पनि उनको सक्रियता बढ्दो नै छ ।

यिनै दीपशाले खबर हबकर्मी फोटो पत्रकार कुवेर डंगोलसँग फोटो शुट गरेकी छिन् ।

शुट गरिएका फोटोहरूमा उनलाई विभिन्न लुक्स / गेटअपमा देख्न सकिन्छ ।

उनी साडीदेखि क्याजुअल मोडर्न ड्रेसमा समेत देखिएकी छिन् ।

उनलाई छिट्टै दर्शकले ‘रमिता’ फिल्ममा देख्न पाउनेछन् ।

 

प्रकाशित मिति : १९ चैत्र २०७८, शनिबार  ९ : २३ बजे

दुई पालिका जोड्ने निर्माणाधीन पुललाई दुई करोड बजेट

तनहुँ– तनहुँका दुई पालिका जोड्ने निर्माणाधीन मोटरवेल पुलका लागि गण्डकी

फरार दुई प्रतिवादी पक्राउ

कञ्चनपुर– कञ्चनपुर प्रहरीले विभिन्न मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई

मनसुनी वायुको प्रभाव कायमै, विभिन्न भूभागमा वर्षा

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशभर

बदलिँदो युगमा नेपालले पहिल्याउनुपर्ने अबको कूटनीतिक बाटो

हालै मैले बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमानले गत २२ देखि २६

हलमा रित्तिए नेपाली फिल्म : फ्लपको असर त होइन ?

काठमाडौँ- हलमा नेपाली फिल्म नील भएको छ । अघिल्ला निकट