साउदी पुगेका २९ नेपाली युवाद्वारा उद्धारको अपिल  | Khabarhub Khabarhub

साउदी पुगेका २९ नेपाली युवाद्वारा उद्धारको अपिल 



दोहा – रोजगारीका लागि डेढ महिनाअघि साउदी अरब पुगेका २९ जना भन्दा धेरै नेपाली कामदार अलपत्र परेका छन् । उनीहरू गत डिसेम्बर १ तारिखमा त्यहाँ पुगेका थिए ।

काठमाडौँको गैरीधारामा रहेको एचआर इन्टरनेशनल इम्पोईमेन्ट सेर्विसमार्फत साउदीमा रहेको फाक्ट्री नुरह मुसफिर बिन हुसयन अल फिथ फर मेनुफाक्चरिङ्ग कम्पनी र दूध फाक्ट्री काममा भनेर पठाइएका नेपाली कामदारले म्यानपावर कम्पनीले भनेअनुसार काम नपाएका हुन् ।

‘हामी यहाँ आएको दुई महिना हुन लाग्यो न कम्पनीले काम दिएको छ न पैसा, दुई महिनाको अन्तरालमा कम्पनीले ६/७ सय रियाल जति मात्र दिएको छ, त्यो पैसाले खानै पुग्दैन ,’ अवधेश प्रसाद गुप्ताले खबरहबसँग भने, ‘यहाँ म्यानपावरले भने जस्तो काम र कम्पनी छैन अब हामी यहाँ बस्दैनौँ, चाँडो उद्धार गरिदिनुहोस् ।’

कम्पनीले कहिलेकहीँ सप्लाई कम्पनीमा एसी बोक्ने र लोड/अनलोडको काममा पठाउने गरेको पीडित मध्यका एक अवधेशप्रसाद गुप्ताले गुनासो गरे। धेरै समय काम नपाएपछि लेबर क्याम्पमा बसेको तथा खानाको लागि हरेक १०/१५ दिनमा एक सय साउदी रियाल मात्र कम्पनीले दिने गरेको उनले सुनाए ।

रियादस्थित नेपाली दूतावासलाई जानकारी गराउँदा म्यानपावरतिरै औँला सोझाइदिएको पीडितहरूले बताए । म्यानपावरलाई सम्पर्क गर्दा आज/भोलि भन्दै टार्ने गरेको छ । ‘मैले म्यानपावरका प्रतिनिधि र आफूलाई पठाउने एजेन्टलाई सम्पर्क गरेँ,’ अर्का युवा सुनिल राज सोनीले भने, ‘ म्यानपावर र एजेन्टले हाम्रो कुरै सुन्दैन उल्टै हप्काउँछन्, एजेन्टको घरमा अभिभावकलाई पठाउँदा राम्रै छ भन्दो रहेछ ।’

म्यानपावर कम्पनी तथा विभिन्न एजेन्टहरूलाई प्रतिव्यक्ति १ लाख ७० हजारदेखि २ लाखसम्म बुझाएर गएका थिए। तीनै एजेन्टलाई नेपाल फर्काउन सहयोग नगरे मिडियामा जान्छु भन्दा ‘तेरो लागि तीन लाख छुट्ट्याएको छु’ भन्ने धम्की दिएको उनले बताए ।

आफूहरूलाई पठाउने म्यानपावरलाई कारबाही गर्न र आफूहरूलाई सकुशल नेपाल फिर्ता गर्ने वातावरण मिलाइदिन नेपालस्थित श्रम मन्त्रालय, वैदेशिक रोजगार विभाग लगायत विभिन्न मानवअधिकारवादी सङ्घसंस्थालाई उनीहरूले अपिल गरेका छन्।

समस्या समाधान गर्छौँ : म्यानपावर

एचआर इन्टरनेशनल इम्पोईमेन्ट सर्विसका मार्केटिङ डाइरेक्टर सुधीर कुमार खातीले अबको १०/१५ दिनमा सबै समस्या समाधान गर्ने आश्वासन दिएका छन् । ‘काम गर्नको लागि गएकाहरूले काम नपाएको गुनासो हो भने हामी सेटलमेन्ट गर्छौँ’, उनले भने।

खानै नपाएको भन्ने नेपालीको भनाइ भने गलत रहेको उनको दाबी छ । काम गरिरहेकाहरूलाई हरेक महिना तीन सय रियाल पाइरहेको र केहीले १० अप्रिलसम्म पाउन बताए । त्यति मात्र होइन काम नपाएकाहरूलाई एक हप्तामै कम्पनीले काम दिने जिकिर गरेका छन् ।

‘हामी पनि कामदारलाई समस्या पर्दा हात बाँधेर बस्दैनौँ, त्यो हाम्रो जिम्मेवारी हो र हामीले नगरे कसले गर्छ ? हामी पूरा गर्छौ ।,’ उनले थपे ।

स्वदेश फिर्ता हुन चाहेका छन् नि? भन्ने प्रश्नमा उनले आफूहरूले भने अनुसारको काम दिन नसके फिर्ता पठाउन तयार रहेको पनि बताए ।

प्रकाशित मिति : २० चैत्र २०७८, आइतबार  १० : २५ बजे

मनसुन कमजोर हुँदै, केही भूभागमा वर्षाको सम्भावना

काठमाडौं– मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको

एमसीए–नेपालका दुई प्रसारण लाइन निर्माण सम्झौता

काठमाडौं– संयुक्त राज्य अमेरिका सरकारबाट वैदेशिक सहायता समीक्षा सफलतापूर्वक सम्पन्न

टप टी-२० सिरिज: अस्ट्रेलियासँग भिड्दै नेपाल

काठमाडौं – बिहीबारदेखि अस्ट्रेलियामा सुरु भएको टप एन्ड टी–२० सिरिजमा

मानव–वन्यजन्तु द्वन्द्व घटाउन पोखरी निर्माण

दमौली– वनमा पानीको स्रोत मासिँदै गएपछि मानव वस्तीमा वन्यजन्तु आउन

राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची 

काठमाडौं– सङ्घीय संसद् राष्ट्रियसभाको बैठक बिहान ११ः४५ बजे सङ्घीय संसद्