प्रधानमन्त्री देउवा बनारसमा « Khabarhub

प्रधानमन्त्री देउवा बनारसमा


२० चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – भारतको तीन दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा बनारस पुगेका छन्।

प्रधानमन्त्री देउवालाई बनारसमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गरे। देउवाले बनारसका विभिन्न धार्मिक स्थलहरूको दर्शन गर्ने कार्यक्रम रहेको छ। भारतको नेपालसँग सीमा जोडिएको उत्तर प्रदेशमा पर्ने बनारस हिन्दु पवित्र आस्थाको केन्द्र मानिन्छ। प्रधानमन्त्री देउवा आजै अपराह्न ४ बजे बनारसबाट दिल्ली फर्किने र ४ः१५ मा दिल्लीबाट काठमाडौँ फर्किने कार्यक्रम रहेको छ।

प्रधानमन्त्री देउवाले हिजो भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटेका थिए। हैदरावाद हाउसमा भएको भेटवार्तापछि नेपाल र भारतबीच जनकपुर–जयनगर रेललाइन उद्घाटन, १३२ केभीको सोलु करिडोर प्रसारण लाइनको उद्घाटन,  रुपवे कार्डको उद्घाटन र भारत सरकारको सहयोगमा बनेका १ सय ३२ वटा स्वास्थ्य चौकीको उद्घाटन गरेका थिए।

हिजै नेपाल र भारतबीच चारवटा सम्झौता भएका थिए। दुबै प्रधानमन्त्रीको रोहबरमा रेलवे सम्बन्धी प्राविधिक सहयोग, पेट्रोलियम पदार्थको सहज आपूर्ति, अन्तर्राष्ट्रिय सोलार एलाइन्समा नेपालको असहभागिता र नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनबीच प्राविधिक विज्ञता आदानप्रदानसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो।

हिजो बिहान प्रधानमन्त्री देउवाले राजघाट पुगी महात्मा गान्धीको समाधिस्थलमा माल्यार्पण गरेका थिए। हिजो साँझ कन्फेडेरेसन अफ इन्डियन इन्ड्रस्टीले आयोजना गरेको  अन्तरक्रियामा सहभागी प्रधानमन्त्री देउवाले भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गरेका थिए। उनले विदेशी लगानीकर्ताका लागि सहज वातावरण बनाउने सरकार तयार रहेको प्रतिबद्धता जनाएका थिए।

शुक्रबार भारत पुगेका प्रधानमन्त्री देउवाले भारतीय विदेशमन्त्री एस जयशंकरसंग भेटवार्ता गरेका थिए। त्यस्तै शुक्रबारै सत्तारुढ भारतीय जनता पार्टीको मुख्यालयमा गई छलफल गरेका थिए।

प्रकाशित मिति : २० चैत्र २०७८, आइतबार  १० : ३३ बजे

समाज परिवर्तनका लागि राजनीति गरिनुपर्छ : मन्त्री घिसिङ

चितवन– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले समाज परिवर्तन र

काम गर्ने कम्पनीलाई समयमै भुक्तानी दिइने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता

म्याग्दी– गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले समयमा काम सम्पन्न

निर्वाचनको वातावरण निर्माण गर्न नेता कोइरालाको आग्रह

विराटनगर– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आगामी फागुन २१

गुटको राजनीति समाप्त भयो, अब सिङ्गो एमाले मात्रै छ : लेखराज भट्ट

काठमाडौं– नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले पार्टीका आन्तरिक समस्या र

नेकपा कार्यकर्ताको आशा : पार्टी दीर्घकालीन र सबल बनोस् 

काठमाडौं– ‘दश वाम एक ठाम’ भन्ने नारासहित गत कार्तिकमा नेपाली