तीन डीआईजीको मुद्दा न्यायाधीश रेग्मीको इजलासमा | Khabarhub Khabarhub

तीन डीआईजीको मुद्दा न्यायाधीश रेग्मीको इजलासमा


२१ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रहरी नायव महानिरीक्षक (डीआईजी)हरू ईश्वरबाबु कार्की, घनश्याम अर्याल र प्रकाश कार्कीले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा भएको बढुवा सिफारिस निर्णयविरुद्ध दायर रिटको पेसी आज पनि तोकिएको छ ।

आइतबार न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा तोकिएको थियो तर, हेर्न नमिल्ने सूचीमा राखियो । आज पनि सर्वोच्चले रेग्मीकै इजलासमा रिटको पेसी तोकेको छ ।

तीन डीआईजी गृह सचिव टेकनारायण पाण्डे नेतृत्वको बढुवा समितिले एआईजी पदमा बढुवा गर्दा विभेद गरेको भन्दै सर्वोच्च अदालत पुगेका हुन् । रिटमा उनीहरूले कनिष्ठ डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस गरिँदा आफूहरूमाथि विभेद भएको भन्दै बढुवा सिफारिस गर्ने निर्णय बदरको माग गरेका छन् ।

सर्वोच्च जानुअघि उनीहरूले बढुवाविरुद्धको सुनुवाइ समिति पुगेर उजुरी दिएका थिए । समितिले बढुवा गर्ने निर्णयमा कैफियत नदेखिएको ठहर गरेको थियो । त्यसपछि गएको बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले बढुवा सिफारिस भएका डीआईजीहरू वसन्तकुमार पन्त, धीरजप्रताप सिंह र रवीन्द्रबहादुर धानुकलाई बढुवा गर्ने निर्णय गरेको थियो ।

डीआईजीको वरियतामा भने पन्त तेस्रो, सिंह छैटौँ र धानुक आठौँमा थिए ।

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार  ११ : २६ बजे

बुटवलस्थित जबई खेल मैदानमा कर्णेल उजिरसिंह थापा रङ्गशाला बन्दै

लुम्बिनी– बुटवल उपमहानगरपालिका वडा नं १३ सालघारीस्थित जबई खेल मैदानलाई

हितेन्द्रदेवको स्पष्टीकरण- चितवनमा लोडसेडिङ भएको होइन, सव-स्टेशन अपग्रेड हुँदैछ

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले चितवनमा लोडसेडिङ

प्रधानमन्त्री ओली साउन १३ गते कैलाली आउने 

धनगढी– प्रधानमन्त्री केपी शर्मा ओली साउन १३ गते कैलाली आउने भएका

कृषि सिकाइको पाठशाला बन्दै ‘माया इको भिलेज एकीकृत कृषि फार्म’

गण्डकी– पोखरा महानगरपालिका-२५ झिझिर्कामा सञ्चालित माया इको भिलेज एकीकृत फार्म

कोशी सरकारको उपलब्धि- ८१ प्रतिशत वित्तीय प्रगति, राजस्व पनि ७.६ प्रतिशतले बढ्यो

विराटनगर- संघीयता र प्रदेश संरचनाको प्रभावकारितामाथि प्रश्न उठिरहेका बेला कोशी