मुख्यमन्त्री पौडेलको स्वास्थ्यावस्था बुझ्न अस्पताल पुगे गृहमन्त्री थापा « Khabarhub

मुख्यमन्त्री पौडेलको स्वास्थ्यावस्था बुझ्न अस्पताल पुगे गृहमन्त्री थापा


२४ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्यमा समस्या देखिएपछि शहीद गंगाला राष्ट्रिय हृदय केन्द्रमा उपचारत प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलको स्वास्थ्यावस्था बुझ्न गृहमन्त्री रामबहादुर थापा अस्पताल पुगेका छन् ।

मन्त्री थापाले मुख्यमन्त्री पौडेललाई भेटेर स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएको गृहमन्त्री थापाको सचिवालयले जनाएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि गत आइतबार मुख्यमन्त्री पौडेलले एन्जिओग्राफी गरेका थिए ।  एन्जिओग्राफी गर्दा मुटुको भल्बमा सामान्य समस्या देखिएपछि उनी शहीद गंगाला राष्ट्रिय हृदय केन्द्रमा भर्ना भएका थिए ।

पौडेलको उपचारमा शहीद गंगाला राष्ट्रिय हृदय केन्द्रका मुटुरोग विषेशज्ञ डाक्टर चन्द्रमणि अधिकारीको टोली  संलग्न छ ।

प्रकाशित मिति : २४ जेठ २०७६, शुक्रबार  १ : ५३ बजे

रास्वपाकी नगर उपाध्यक्ष नै कांग्रेस उम्मेदवारलाई भोट माग्न पुगेपछि…

भक्तपुर– ललितपुरको महालक्ष्मी नगरमा राष्ट्रिय स्वतन्त्र पार्टीटी उपाध्यक्ष पूजा बस्नेत

निर्वाचन प्रचारप्रसारमा बालबालिकाको प्रयोग नगर्न आयोगको आह्वान

काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ मा सहभागी राजनीतिक

पोखरा विमानस्थल प्रकरण : पूर्वसचिव मरासिनीसहित पाँच जनालाई राहत, साधारण तारेखमा राख्न आदेश

काठमाडौं- विशेष अदालतले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग जोडिएको एउटा

सीमानाकामा सवारीसाधन सञ्चालनमा निषेध

सुदूरपश्चिम– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै भारतसँग सीमा जोडिएको