कार्यक्रम गर्न मलेसिया पुगेका कलाकार पक्राउ « Khabarhub

कार्यक्रम गर्न मलेसिया पुगेका कलाकार पक्राउ


२४ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इदको अवसर पारेर मलेसिया कार्यक्रम गर्न पुगेका नेपाली कलाकारहरू पक्राउ परेका छन् । त्यहाँ रहेका नेपालीलाई मनोरञ्जन दिन मलेसिया पुगेका कलाकारलाई  मलेसियाको अध्यागमन प्रहरीले पक्राउ गरेको हो ।

एसएसओजी ग्रुपले आयोजना गरेको कार्यक्रममा नेपालमा गएका सुनिता थेगिम, श्रेया राई, सुजन आङदम्बे लगायतका कलाकार पुगेका थिए । ती कलाकारलाई प्रहरीले पक्राउ गरेको जनाइएको छ । साथै प्रहरीले स्थानीय अन्य कलाकारलाई पनि पक्राउ गरेको छ ।

कार्यक्रम स्थलमा प्रहरीले छापा मारेपछि दर्शक त्रसित बनेका थिए । मलेसियाको क्वालालम्पुरस्थित कोताया कम्प्लेक्समा प्रहरीले छापा मारेको हो । स्थानीय समयअनुसार राति ३ बजे प्रहरीले छापा मारेपछि कार्यक्रम नै स्थगित भएको थियो ।

मलेसियामा सांगीतिक कार्यक्रम गर्न स्थानीय प्रशासनसँग अनुमति लिनुपर्ने व्यवस्था भए पनि कलाकारले यसबारेमा जानकारी दिएका थिएनन् । पक्राउ परेका आयोजक र कलाकारहरुलाई पुत्राजाया अध्यागमनमा राखिएको जनाइएको छ ।

प्रकाशित मिति : २४ जेठ २०७६, शुक्रबार  २ : ०१ बजे

नवरात्र प्रारम्भ : खुल्यो त्रिशूली मन्दिर

महोत्तरी– शारदीय नवरात्र प्रारम्भसँगै जलेश्वरस्थित त्रिशूली देवीको मन्दिर सर्वसाधारणका लागि

बागमती प्रदेशलाई समृद्ध बनाउने मुख्यमन्त्रीको प्रतिबद्धता

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले बागमती प्रदेशलाई समृद्धिको मार्गमा

बूढीगण्डकी बाढीले ६ वटा पुल बगे, १० जना सम्पर्कविहीन

गोरखा– बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा

बुढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट ६ जनाको उद्धार : प्रधानमन्त्री शाह

काठमाडौँ– प्रधानमन्त्री बालेन शाहले बुढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट ६ जनाको

नेपाली सनाको उद्धार टोली बूढीगण्डकी बाढी प्रभावितस्थलमा

काठमाडौँ– बूढीगण्डकीको आकस्मिक बाढीबाट प्रभावित क्षेत्रमा नेपाली सेनाको उद्धार टोली