उदयपुरमा विद्यालय जाँदै गरेकी छात्राको हत्या | Khabarhub Khabarhub

उदयपुरमा विद्यालय जाँदै गरेकी छात्राको हत्या


२२ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- उदयपुरमा १५ वर्षीया एक छात्राको हत्या भएको छ ।

बेलका नगरपालिका–३ मा कक्षा १० मा अध्ययनरत छात्रा कविता सुनुवारको हत्या गरिएको अवस्थामा शब फेला परेको प्रहरीले जनाएको छ । कोशी जनता माध्यमिक विद्यालय रामपुरमा अध्ययनरत कविताको शब हत्या गरेर यसोदा खोलामा फालिएको अवस्थामा फेला परेको हो ।

घरबाट ट्युशन पढ्न निस्किएकी कविताको बाटोमै विभत्स तरिकाले हत्या गरेपछि खोलामा फालेको अवस्थामा फेला परेको उदयपुरका प्रहरी प्रमुख सुवासचन्द्र बोहराले जानकारी दिए ।

उनको शव मंगलबार बिहान ७ बजे खोला किनारामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाबारे अनुसन्धानका लागि केन्द्र र प्रदेश प्रहरीको टोली समेत खटिएको छ ।

एसईईको परीक्षा नजिकिँदै गर्दा उनी ट्युशन पढ्न सधैँ बिहानै जाने गरेकी थिइन् । घटनास्थलबाट करिब सात सय मिटर पर विद्यालय छ भने उनको घर करिब दुई किलोमिटरको दुरीमा छ ।

घटनाप्रति विद्यालयले आपत्ति जनाएको छ । विद्यालयले विज्ञप्ती जारी गर्दै निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गरेको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश बस्नेत र प्रधानाध्यापक सूर्यनारायण शाहले संयुक्त रुपमा विज्ञप्ति निकाल्दै आम नागरिक र विशेषगरी बालबालिकाको जीउ ज्यानको सुरक्षाको माग गरेका छन् ।

प्रकाशित मिति : २२ चैत्र २०७८, मंगलबार  २ : ४५ बजे

गायन र क्यारिकेचरमा जमेका प्रोशेष : सरकारी जागिरको दबाब छल्न संगीत रोजेँ

काठमाडौं – प्रोशेष पाण्डे जन्म वि.सं २०६३ असार महिना भयो

इजरायलसँगको युद्धपछि चिनियाँ जे–१०सी लडाकु विमान किन्ने इरानको तयारी

काठमाडौं– गत महिना, जब दर्जनौँ इजरायली र अमेरिकी युद्धक विमानहरूले

श्रीमती बचाउन गएका खड्कलालको करेन्ट लागेर मृत्यु

बाँके–  बैजनाथ गाउँपालिका-२ कलरामपुर स्याली गाउँ बस्ने ७३ वर्षीय खड्कलाल जैसीको करेन्ट

बुटवल-नारायणगढको दाउन्ने खण्ड शीघ्र सम्पन्न गर्नुपर्नेमा जोड

काठमाडौं– प्रतिनिधिसभाका सांसदहरूले पूर्व-पश्चिम राजमार्गअन्तर्गत बुटवल-नारायणगढको १४ किलोमिटर दाउन्ने खण्डमा

शेखरलाई साथ दिँदै विनोद चौधरीलाई गुरू घिमिरेको ८ बुँदे ‘काउन्टर’

काठमाडौं- डलर अर्बपति विनोद चौधरीले नेपाली कांग्रेसका नेता डा. शेखर