काठमाडौँ- भारतले नेपाललाई ३ सय २५ मेगावाट बिजुली निर्यात गर्न अनुमति दिएको छ।
प्रधानमन्त्री शेरबहादुर देउवाको तीन दिने भारत भ्रमण लगत्तै भारतले ३ सय २५ मेगावाट बिजुली निर्यात गर्न अनुमति दिएको उर्जा मन्त्री पम्फा भुषालले जानकारी दिइन् ।
आज उर्जा मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गर्दै मन्त्री भुषालले भारतले यसअघि जम्मा ३९ मेगावाट बिजुली निर्यातको अनुमति पाएकोमा प्रधानमन्त्रीको भ्रमण लगतै ३ सय २५ मेगावाट बिजुली निर्यातको स्वीकृति दिएको बताइन्।
अहिले नेपालले भारतबाट बिजुली किनिरहेको छ । बर्खा याममा भने नेपालबाट आवश्यकताभन्दा बढी बिजुली उत्पादन हुँदै आएको छ । सो बिजुली भारतीय बजारमा बेच्ने अनुमति भारतले दिएको हो ।
प्रतिक्रिया