अमेरिका, बेलायत र अष्ट्रेलियाले हाइपरसोनिक क्षेप्यास्त्र विकास गर्न सहकार्य गर्ने « Khabarhub

अमेरिका, बेलायत र अष्ट्रेलियाले हाइपरसोनिक क्षेप्यास्त्र विकास गर्न सहकार्य गर्ने


२३ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिका, बेलायत र अष्ट्रेलियाले हाइपरसोनिक क्षेप्यास्त्र विकास गर्न सहकार्य गर्ने घोषणा गरेका छन् ।

अमेरिका, बेलायत र अष्ट्रेलिया सम्मिलित अकस त्रिपक्षीय रक्षा सहयोगको समीक्षा गरेपछि जारी गरिएको संयुक्त विज्ञप्तिमा अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायती प्रधानमन्त्री बोरिस जोनसन र अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले हाइपरसोनिक्स प्रविधिमा नयाँ त्रिपक्षीय सहयोग शुरु गर्न प्रतिबद्ध रहेको बताएका हुन् ।

अकस सुरक्षा गठबन्धन गठनमा सम्मिलित तीन मुलुकका नेताहरूले रक्षा सहयोगका क्षेत्रमा नयाँ घोषणा गर्दै ‘साइबर क्षमता, कृत्रिम बुद्धिमत्ता, क्वान्टम प्रविधि र समुद्रमुनि रक्षा क्षमतामा सहयोगलाई अझ गहिरो बनाउनका लागि थप प्रयास गर्ने’ बताएका छन् ।

गठबन्धनअन्तर्गत अमेरिका र बेलायतले अष्ट्रेलियालाई आणविक पनडुब्बीहरू पनि प्रदान गर्ने बाचा गरेका छन् ।

फ्रान्सले भने यसलाई ठूला शक्तिहरू बीच हतियार दौडको संज्ञा दिँदै यसले थप त्रास सिर्जना गर्ने  र दक्षिणपूर्वी एसियाली क्षेत्रलाई अस्थिर बनाउने टिप्पणी गर्दै आएको छ ।

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार  २ : ४७ बजे

भरुवा बन्दुकसहित पाँच जना पक्राउ

सुर्खेत– जाजरकोट प्रहरीले भरुवा बन्दुकसहित पाँच जनालाई पक्राउ गरेको छ

विदेशमा हण्डर खाएपछि गाउँ फर्किएका लोकबहादुर मौरीपालनमा

बागलुङ– घर छेउका बारीमा लहरै राखिएका मौरीका घार । घारमा

ऐतिहासिक पर्सागढीमा शनिबार विजय उत्सव मनाइने

पर्सा– विक्रम सम्वत् १८७१ सालमा ब्रिटिस इष्ट इन्डिया कम्पनीको फौजलाई

महिलालाई पञ्चैबाजा प्रशिक्षण

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गाका महिलालाई परम्परागत बाजाको संरक्षण गरी

गरिबीले रोकेन सत्यनारायणको ‘डाक्टर’ बन्ने सपना

सिरहा– दिनभरि इँट्टा–बालुवासँगको सङ्घर्ष, रातभरि डाक्टर बन्ने सङ्कल्प । यही