अमेरिका, बेलायत र अष्ट्रेलियाले हाइपरसोनिक क्षेप्यास्त्र विकास गर्न सहकार्य गर्ने « Khabarhub

अमेरिका, बेलायत र अष्ट्रेलियाले हाइपरसोनिक क्षेप्यास्त्र विकास गर्न सहकार्य गर्ने


२३ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिका, बेलायत र अष्ट्रेलियाले हाइपरसोनिक क्षेप्यास्त्र विकास गर्न सहकार्य गर्ने घोषणा गरेका छन् ।

अमेरिका, बेलायत र अष्ट्रेलिया सम्मिलित अकस त्रिपक्षीय रक्षा सहयोगको समीक्षा गरेपछि जारी गरिएको संयुक्त विज्ञप्तिमा अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायती प्रधानमन्त्री बोरिस जोनसन र अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले हाइपरसोनिक्स प्रविधिमा नयाँ त्रिपक्षीय सहयोग शुरु गर्न प्रतिबद्ध रहेको बताएका हुन् ।

अकस सुरक्षा गठबन्धन गठनमा सम्मिलित तीन मुलुकका नेताहरूले रक्षा सहयोगका क्षेत्रमा नयाँ घोषणा गर्दै ‘साइबर क्षमता, कृत्रिम बुद्धिमत्ता, क्वान्टम प्रविधि र समुद्रमुनि रक्षा क्षमतामा सहयोगलाई अझ गहिरो बनाउनका लागि थप प्रयास गर्ने’ बताएका छन् ।

गठबन्धनअन्तर्गत अमेरिका र बेलायतले अष्ट्रेलियालाई आणविक पनडुब्बीहरू पनि प्रदान गर्ने बाचा गरेका छन् ।

फ्रान्सले भने यसलाई ठूला शक्तिहरू बीच हतियार दौडको संज्ञा दिँदै यसले थप त्रास सिर्जना गर्ने  र दक्षिणपूर्वी एसियाली क्षेत्रलाई अस्थिर बनाउने टिप्पणी गर्दै आएको छ ।

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार  २ : ४७ बजे

११ दिनपछि उद्धार गरिएका आफ्ना नागरिकसँग चिनियाँ दूतावासको टोलीको भेट

काठमाडौं- माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङबाट उद्धार गरिएका चिनियाँ नागरिकसँग

वीरेखोला बाढी : २३ परिवार विस्थापित, धानखेत बगरमा परिणत

 बाजुरा– यहाँको वीरेखोला झरनामा भीषण बाढी आउँदा झण्डै दुई दर्जन

निजी क्षेत्रको लगानीमार्फत सुदूरपश्चिमलाई समृद्ध बनाउनुपर्छ : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेश सरकारको स्पष्ट नीति

लाइबेरियामा खोप अनुसन्धानका चिम्पान्जीको स्वास्थ्य जाँच

काठमाडौं- ‘हेपाटाइटिस बी’ खोपको परीक्षणमा प्रयोग गरिएका चिम्पान्जी संरक्षण केन्द्रमा

सिमकोटमा विद्युत् आपूर्ति बन्द

हुम्ला– जिल्ला सदरमुकाम सिमकोटमा अनिश्चितकालका लागि विद्युत् सेवा अवरुद्ध हुँदा