अष्ट्रेलियाले थप ६७ रुसीमाथि प्रतिबन्ध लगाउने « Khabarhub

अष्ट्रेलियाले थप ६७ रुसीमाथि प्रतिबन्ध लगाउने


२४ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अष्ट्रेलियाले थप ६७ जना रुसी विरुद्ध प्रतिबन्ध लगाउने भएको छ । युक्रेनमाथि आक्रमण गरेको सन्दर्भमा ६७ रुसीमाथि वित्तीय तथा यात्रा प्रतिबन्ध लगाउन लागिएको अष्ट्रेलियन विदेशमन्त्री मरिस पेनले जानकारी दिइन् ।

‘आज म रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको नजिकका र उनका कठोर काममा सहयोग र समर्थन गर्ने थप ६७ जना सम्भ्रान्त र धनाढ्यविरुद्ध प्रतिबन्धको घोषणा गर्दैछु’, बेल्जियमको राजधानी ब्रसेल्समा नेटो सदस्य राष्ट्रका नेताहरूलाई सम्बोधन गर्दै उनले भनिन् ।

नयाँ प्रतिबन्धमा रुसी सैनिक अधिकारी कर्णेल जनरल मिखाइल मिजिन्त्सेभ र उप प्रधानमन्त्री दिमित्री ग्रिगोरेन्को समेत परेको रोयटर्सले जनाएको छ ।

यससँगै अष्ट्रेलियाले प्रतिबन्ध लगाएका रुसीहरुको संख्या झण्डै ६ सय पुगेको समाचार संस्था रोयटर्सले जनाएको छ । बुचाकिभ नजिकका क्षेत्रमा रुसी युद्ध अपराधका प्रमाण फेला परेसँगै नयाँ प्रतिबन्ध घोषणा गरिएको उनको भनाइ छ ।

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहीबार  ३ : १८ बजे

एमाले छाडेकी निवर्तमान सांसद थपलिया रास्वपामा प्रवेश गरिन्

सिरहा- नेकपा एमालेकी निवर्तमान सांसद सम्झना थपलिया राष्ट्रिय स्वतन्त्र पार्टी

निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ८५ लाई आयोगले सोध्यो स्पष्टीकरण, ५४ मात्र जवाफ

काठमाडौं–  केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म प्राप्त ८५ उजुरी प्राप्त

माओवादी विद्रोह अन्त्यको ‘अन्तिम चरण’मा भारत

एजेन्सी – भारत सरकारले दशकौँदेखि जारी माओवादी सशस्त्र आन्दोलन अब

दक्षिण अफ्रिकासँग भारत पराजित हुँदा बने यी सात रेकर्ड

नयाँदिल्ली- सन् २०२३ पछि पहिलो पटक आईसीसी इभेन्टमा भारत पराजित

तुलसीपुरमा घट्दै पानीको आपूर्ति

तुलसीपुर– शिशिर ऋतु सकिनै लाग्दा दाङ तुलसीपुरमा खानेपानीको आपूर्ति घट्दै