प्रचारका लागि कांग्रेसले बनायो कलाकारहरूको उपसमिति, को–को छन् ? (सूचीसहित) « Khabarhub

प्रचारका लागि कांग्रेसले बनायो कलाकारहरूको उपसमिति, को–को छन् ? (सूचीसहित)


२४ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आसन्न स्थानीय निर्वाचनका लागि नेपाली कांग्रेसले ७१ जना कलाकारलाई समेटेर सांस्कृतिक समन्वय प्रचारप्रसार उपसमिति गठन गरेको छ ।

डीबी गुरुङ संयोजक रहेको उपसमितिमा वसन्त सापकोटा, सरिता लामिछाने, राधिका हमाल, विमलराज क्षेत्री, रामजी खाँण, तपेन्द्र विश्वकर्मा लगायत छन् ।

‘वैशाख ३० गते हुन लागेको स्थानीय चुनावमा यी कलाकारले पार्टीको प्रचारप्रसार गर्ने छन् । हाम्रो उम्मेदवारलाई सघाउने छन् । हामी सांस्कृतिक माध्यमले पनि प्रचारप्रसारमा जुट्ने छौँ,’ कांग्रेसको शुभेच्छुक संस्था सांस्कृतिक संघका महामन्त्री शिवशंकर रिजाल जोगिन्दरले बताए ।

उनले यतिबेला सांस्कृतिक संघको सक्रियतामा पार्टीको प्रचारका लागि गीतसंगीत तथा भिडियो तयार पार्ने काम भइरहेकोसमेत जानकारी दिए ।
‘हामी अहिले हाम्रो सांस्कृतिक पक्षलाई बलियो बनाउन जुटेका छौँ’, उनले भने । नेपाली कांग्रेस सांस्कृतिक समन्वय प्रचार–प्रसार उपसमितिमा हरेक जिल्लाबाट प्रतिनिधित्व हुने गरी सदस्य मनोनीत गरिएको महामन्त्री रिजालले बताए ।

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहीबार  ६ : ०२ बजे

बाढी पहिरोको क्षतिप्रति रुसी राष्ट्रपति पुटिनद्वारा दुःख व्यक्त

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले नेपालको उत्तरी जिल्लामा पहिरो

हाइड्रोपावरको सुरुङमा फसेका ३५० जनासहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार

काठमाडौँ । ​रसुवा जिल्लाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि हिजोदेखि अप्पर

चितवनमा भेटिएका शवको पहिचान भोलिदेखि

काठमाडौं । रसुवा बाढीमा बगेर बेपत्तामध्ये चितवनमा मात्र हालसम्म कुल

गोरखामा भेटिएका शवहरु पोखरा पठाइयो

काठमाडौँ । भोटेकोशीमा बुधबार गएको बाढीले बगाएर त्रिशूली नदीको गोरखातर्फको

जलविद्युत आयोजनाका ३३८ कर्मचारी सम्पर्कविहीन, २१२ जना उद्धारको पर्खाइमा

काठमाडौँ – रसुवा–त्रिशूली करिडोरमा आएको भीषण बाढीले कुल ६७५ मेगावाट