विकेन्डमा अभय र दसवी « Khabarhub

विकेन्डमा अभय र दसवी


२४ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कोरोना भाइरसको महामारी पश्चात ओटीटीका लागि पनि कन्टेनमा राम्रो लगानी हुने गरेका छन् । दर्शकको आकर्षण बढेको थाहा पाएपछि लगानीसँगै बलिउडका ठूला स्टारहरुले समय ओटीटीमा कन्टेनको लागि आफ्नो समय दिन थालेका छन् ।

केही समय अगाडीसम्म सानो पर्दा भनिने ओटीटी प्लेटफर्म अहिले दर्शकको रोजाइ बनेका छन् । यही विकेन्डमा ओटीटी प्रदायकले दर्शकका लागि अभयको तेस्रो सिरिज र दसवी ल्याउँदै छन् । आउनुस् यिनैको बारेमा चर्चा गरौँ ।

दसवी

अभिषेक बच्चन अभिनित अप्रिल ७ अर्थात आज नेटफ्लिक्समा रिलिज हुँदैछ । बलिउड अभिनेता अभिषेक बच्चन स्टाटर फिल्म ‘दसवी’ को ट्रेलर सार्वजनिक भएको छ। बुधबार फिल्मको ट्रेलर सार्वजनिक भएको हो।

फिल्ममा १० कक्षा पास नभएको एक राजनितिज्ञको कथालाई समेटिएको छ। फिल्ममा उक्त राजनीतिज्ञले कक्षा १० पास गर्नका निम्ति गरेको संघर्षलाई फिल्ममा देखाइएको छ। तुसार जलोटाको निर्देशनमा बनेको फिल्ममा अभिषेकसँगै यामी गौतम र नम्रता कौर मुख्य भूमिकामा रहेका छन्।

अभय ३

अभय र अभय २ को सफलता पश्चात जी फाइभले यसको तेस्रो सिजन दर्शक सामु ल्याउँदैछ । पुलिस अफिसर अभय प्रताप सिंहको मार्फत कथा देखाइने सिरिज क्राइम र थ्रीलर जनरमा आधारित छ । सिरिजको सफलतासँगै निर्माण पक्षलाई यसलाई अझै स्तरीय बनाइरहेको छ ।

सिरिजमा अभयको भूमिकामा कुनाल खेमु छन् । सिरिजमा अन्य कलाकारहरुमा निधि अग्रवाल, आशा नेगी, राहुल देव, तनुजा विर्वानी, दिव्या अग्रवाल, ऋतुराज सिंह लगायतको अभिनय रहेको छ ।

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहीबार  ७ : ०३ बजे

‘एलओडी क्लब’ डिजे म्यागको पुन: नोमिनेसनमा

काठमाडौं– ठमेलस्थित ‘एलओडी’ क्लब ‘ डिजे म्याग टप १००’ को

सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय,

माघ महिनामा वाणिज्य बैंकहरूमा मुद्दतीतर्फको ब्याजदर थप घट्यो

काठमाडौं– सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले आगामी माघ महिनाका लागि मुद्दतीतर्फको

किसानलाई सखरखण्ड खन्न र बिक्री गर्न भ्याइ नभ्याइ

घोराही– यहाँको देउखुरी राप्ती नदी उकास जमिन, पाँगो बलौटे माटो

मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु

सुर्खेत– सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ पिपिराचोकमा कर्णाली प्रदेश०२–००२प३२७१ नम्बरको मोटरसाइकलले ठक्कर