विकेन्डमा अभय र दसवी « Khabarhub

विकेन्डमा अभय र दसवी


२४ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कोरोना भाइरसको महामारी पश्चात ओटीटीका लागि पनि कन्टेनमा राम्रो लगानी हुने गरेका छन् । दर्शकको आकर्षण बढेको थाहा पाएपछि लगानीसँगै बलिउडका ठूला स्टारहरुले समय ओटीटीमा कन्टेनको लागि आफ्नो समय दिन थालेका छन् ।

केही समय अगाडीसम्म सानो पर्दा भनिने ओटीटी प्लेटफर्म अहिले दर्शकको रोजाइ बनेका छन् । यही विकेन्डमा ओटीटी प्रदायकले दर्शकका लागि अभयको तेस्रो सिरिज र दसवी ल्याउँदै छन् । आउनुस् यिनैको बारेमा चर्चा गरौँ ।

दसवी

अभिषेक बच्चन अभिनित अप्रिल ७ अर्थात आज नेटफ्लिक्समा रिलिज हुँदैछ । बलिउड अभिनेता अभिषेक बच्चन स्टाटर फिल्म ‘दसवी’ को ट्रेलर सार्वजनिक भएको छ। बुधबार फिल्मको ट्रेलर सार्वजनिक भएको हो।

फिल्ममा १० कक्षा पास नभएको एक राजनितिज्ञको कथालाई समेटिएको छ। फिल्ममा उक्त राजनीतिज्ञले कक्षा १० पास गर्नका निम्ति गरेको संघर्षलाई फिल्ममा देखाइएको छ। तुसार जलोटाको निर्देशनमा बनेको फिल्ममा अभिषेकसँगै यामी गौतम र नम्रता कौर मुख्य भूमिकामा रहेका छन्।

अभय ३

अभय र अभय २ को सफलता पश्चात जी फाइभले यसको तेस्रो सिजन दर्शक सामु ल्याउँदैछ । पुलिस अफिसर अभय प्रताप सिंहको मार्फत कथा देखाइने सिरिज क्राइम र थ्रीलर जनरमा आधारित छ । सिरिजको सफलतासँगै निर्माण पक्षलाई यसलाई अझै स्तरीय बनाइरहेको छ ।

सिरिजमा अभयको भूमिकामा कुनाल खेमु छन् । सिरिजमा अन्य कलाकारहरुमा निधि अग्रवाल, आशा नेगी, राहुल देव, तनुजा विर्वानी, दिव्या अग्रवाल, ऋतुराज सिंह लगायतको अभिनय रहेको छ ।

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहीबार  ७ : ०३ बजे

दरबार हत्याकाण्डको २५ वर्ष : नारायणहिटीमा पूर्वराजपरिवारका सदस्यको उपस्थितिमा श्रद्धाञ्जली अर्पण

काठमाडौँ । राजा वीरेन्द्रसहित दिवंगत राजपरिवारका सदस्यको सम्झनामा नारायणहिटी दरबार

कर्णाली सरकारको नीति तथा कार्यक्रम स्वीकृत

सुर्खेत । कर्णाली प्रदेशको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८३/८४ को

काठमाडौं विश्वविद्यालयको उपकुलपति नियुक्तिका शिक्षामन्त्रीले बनाए आफ्नै नेतृत्वमा समिति

काठमाडौं । काठमाडौं विश्वविद्यालयको १०१औँ सभा (सिनेट) बैठकले नयाँ उपकुलपति

आशिका भन्छिन् : प्रधानमन्त्रीले सदनमा जवाफ दिनुपर्छ, सभामुखको मुख न्याउरो हुँदै गयो

काठमाडौँ । सांसद आशिका तामाङले प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्तिप्रति असन्तोष

आयोगलाई पूर्वप्रधानन्यायाधीश र न्यायाधीशले सम्पत्ति विवरण नबुझाउने

काठमाडौं । सम्पत्ति छानबिन आयोगलाई पूर्वप्रधानन्यायाधीश र पूर्वन्यायाधीशहरूले सम्पत्ति विवरण