साजिदले छाडे सलमानको साथ « Khabarhub

साजिदले छाडे सलमानको साथ


२४ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बलिउडमा अभिनेता सलमान खान र साजिद नडियाडवाला मिल्ने साथी हुन् ।

उनीहरूले मुझसे सादी करोगी, जानेमन जस्ता फिल्ममा सँगै काम समेत गरेका छन् । यद्यपि दुई मिल्ने साथी हुन् । पछिल्लो समय यी दुईको सहकार्य कभी इद कभी दिवालीमा हुने चर्चा थियो । सलमान आफैँले सामाजिक सञ्जाल मार्फत यसको बारेमा जानकारी समेत दिएका थिए । यद्यपि अब यो फिल्मको निर्माताको रुपमा साजिद नरहने भएका छन् ।

पछिल्लो समय बागी ३, तड़प र बच्चन पाण्डेले बक्सअफिसमा खराब कलेक्सन गरेपछि उनी केही समय निर्माणबाट टाढिएका छन् । बलिउड हंगामाका अनुसार साजिद आफ्नो प्रोडक्सनको रिभ्यु गर्न चाहन्छन् । र, ठूला बजेटका फिल्महरू गर्ने पक्षमा छैनन् । यद्यपि सलमान फिल्मको छायांकन छिटै गर्न चाहन्छन् । केही समय अगाडी नेपालमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेसँग कुराकानी गर्दा पनि सलमानले आफ्नो फिल्म कभी इद कभी दिवाली छिटै छायांकन हुने बताएका थिए ।

साजिदले फिल्मको छायांकन पोस्टपोन्ड गर्ने बताएपछि सलमानले आफू मात्र फिल्मको निर्माण गर्ने निर्णय लिएका छन्। यो फिल्म अब सलमान खान फिल्म्सको व्यानरमा बन्नेछ ।

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहीबार  ८ : ३० बजे

सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी

पाल्पा – निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग आगामी मङ्सिरदेखि नै सवारी साधन

प्रतिनिधिसभा बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौँ– सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

भारी वर्षाको पूर्वानुमानपछि जोखिमयुक्त क्षेत्रमा सचेतना

काभ्रेपलाञ्चोक – सम्भावित भारी वर्षालाई दृष्टिगत गर्दै काभ्रेपलाञ्चोकका विभिन्न जोखिमयुक्त

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल असोज ७ गते बुधबार सन् २०२६