सञ्चारमाध्यम जनताप्रति उत्तरदायी हुनुपर्छः सञ्चारमन्त्री | Khabarhub Khabarhub

सञ्चारमाध्यम जनताप्रति उत्तरदायी हुनुपर्छः सञ्चारमन्त्री


२४ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके- सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारी सञ्चारमाध्यम सरकार र जनताप्रति उत्तरदायी हुनुपर्ने बताएका छन् ।

नेपाल टेलिभिजन कोहलपुर क्षेत्रीय प्रसारण केन्द्रको शुक्रबार अवलोकन तथा निर्देशनका क्रममा उनले जनताबाट सिकेर जनतालाई नै सिकाउने दिशातर्फ सरकारी सञ्चारमाध्यम क्रियाशील हुनुपर्ने बताए ।

सरकारका प्रवक्ता समेत रहेका मन्त्री बाँस्कोटाले नेपाल टेलिभिजनले घटना जे छ त्यसलाई प्रत्यक्ष दिँदै सरकारको आधिकारिक भनाइलाई पनि समावेश गर्नुपर्ने उल्लेख गरे ।

आर्थिक क्षमता वृद्धि भएसँगै कर्मचारीको सुरक्षा र क्षमता बढाउन सकिने उल्लेख गर्दै उनले भने, “सरकारले दिएर मात्रै हुँदैन, नेपाल टेलिभिजन कमाउने संस्था हो तर कमाउने मात्रै पनि होइन, त्यही रुपमा कार्ययोजना बनाउनु पर्दछ ।”

सो अवसरमा नेपाल टेलिभिजका अध्यक्ष डा महेन्द्र विष्टले यो वर्ष नेपाल टेलिभिजनलाई प्रविधि रुपान्तरणको वर्षका रुपमा अगाडि बढाइएको बताउँदै अव विषयवस्तु र नेपाल टेलिभिजनको पहुँचलाई विस्तार गर्नेतर्फ ध्यान दिइने बताए ।

प्रकाशित मिति : २४ जेठ २०७६, शुक्रबार  ८ : ४५ बजे

बाग्मती प्रदेशसभामा आजदेखि बजेटमा छलफल हुँदै

वाग्मती– सत्तापक्ष र प्रतिपक्षबीच सहमति जुटेसँगै बाग्मती प्रदेशसभाको आज बिहान

एडीबीबाट ऋण नलिने हर्क साम्पाङको घोषणा 

सुनसरी– तीन दशकदेखि खानेपानीको अभाव झेलिरहेको धरान उपमहानगरपालिकाले विदेशी ऋण

चप्पल कारखाना सडक विस्तार सुस्त (तस्बिरहरू) 

काठमाडौं – चक्रपथ विस्तारको दोश्रो खण्ड अन्तर्गत महराजगञ्ज चप्पल कारखाना

जब सांसदहरू विश्वविद्यालयको छात्राबास छिरे

कीर्तिपुर– मुलुककै जेठो र सर्वाधिक ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको किर्तिपुरस्थित

माछा मार्न गएका युवकको गोहीको आक्रमणमा परि मृत्यु

भरतपुर – बुढीराप्तीमा माछा मार्न गएका एक युवकको गोहीको आक्रमणमा