महेश बाबुले भने- ‘हिन्दी फिल्म खेल्नु जरुरी छैन’ « Khabarhub

महेश बाबुले भने- ‘हिन्दी फिल्म खेल्नु जरुरी छैन’


२५ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – साउथ इन्डियन अभिनेतामा ह्यान्डसमको ट्याग पाएका अभिनेता हुन् महेश बाबु ।

उनले फिल्ममा पाउने क्यारेक्टर भन्दा उनको सुन्दरताको चर्चा हुने गर्छ । उनले आफ्नो फेयरनेसलाई घट्न दिएका छैनन् । पछिल्लो समय पुष्पाले हिन्दी भाषामा राम्रो कलेक्सन गरेपछि साउथका एक्टरहरुको फिल्म हिन्दीमा पनि रिलिज भइरहेका छन् ।

पहिले साउथमा रिलिज भएको केही समयपछि डबिङ भएर आउने फिल्महरु अहिले सेमडेटमा हलमा आउने गरेका छन् ।

राम चरण, प्रभास, जुनियर एन्टीआर जस्ता अभिनेताले हिन्दीमा आफैँले स्वरांकन समेत गरेका छन् । यसबीचमा मुम्बईमा आयोजित एक कार्यक्रममा महेश बाबुलाई हिन्दी फिल्ममा डेब्यु गर्ने बारे प्रश्न गरियो । जवाफमा उनले आफुलाई जरुरी नरहेको बताए ।

‘मलाइ हिन्दी फिल्म खेल्नु पर्ने जरुरी छैन । म जहाँ छु , ठिक छु, ’ उनले भने ।

महेशको यो टिप्पणीले अहिले सामाजिक सञ्जाल तातेको छ । कसैले महेशलाई समर्थन गरिरहेका छन् भने कसैले अनावश्यक घमण्डी भनिरहेका छन् । महेशले आफ्नो पछिल्लो फिल्म मार्फत नर्थ इन्डियामा पनि राम्रो फ्यान बढाएका छन् । उनको फिल्मलाई डबिङमै पनि दर्शकले रुचाउने गरेका छन्।

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार  १२ : ३२ बजे

सर्पदंशलाई सामान्य नठानौँ, जीवन बचाऔं : स्वास्थ्य मन्त्रालय 

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले वर्षायाममा सर्पदंशका घटना बढ्ने

रास्वपा सांसदमाथि आक्रमण प्रयास, कालोमसी हानियो

रौतहट– रौतहट निर्वाचन क्षेत्र नम्बर–४ का रास्वपा सांसद गणेश पौडेलमाथि

फ्रान्समा १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रतिबन्धको तयारी

पेरिस– फ्रान्सले १५ वर्षमुनिका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने

सुर्खेतमा ग्यास अभाव छैन : आयल निगम

कर्णाली– नेपाल आयल निगम सुर्खेतले वीरेन्द्रनगरमा एलपी ग्यासको अभाव नभएको

ट्राफिक नियम उल्लङ्घन भएको स्वीकार गर्दै बब्लु गुप्ताले मागे माफी 

काठमाडौं– सामाजिक सञ्जालमा मोटरसाइकलको पछाडि उभिएर भिडियो बनाउँदै गरेको आफ्नो