मुगुका महिलाहरू च्याउ खेतीमा आकर्षित | Khabarhub Khabarhub

मुगुका महिलाहरू च्याउ खेतीमा आकर्षित


२५ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुगु– मुगुका महिलाहरू च्याउ खेतीमा आकर्षित भएका छन् ।

परम्परागत रूपमा गरिएका कृषिले जीविकोपार्जन गर्नै मुस्किल हुन थालेपछि मुगुका धेरै किसान व्यावसायिक खेतीतर्फ आकर्षित हुन थालेका छन् ।

छायाँनाथ रारा नगरपालिका–६ का महिलाहरूले समूह नै बनाएर च्याउ खेती सुुरु गरेका छन् । नयाँ कृषिकर्मबाट आत्मनिर्भर बन्न सहज हुने समूहमा आबद्ध महिलाले अपेक्षा गरेका छन् ।

च्याउ खेती सुरु गरे पश्चात आधारभूत आवश्यकता टार्नेदेखि अतिरिक्त आम्दानी हुनेमा उनीहरू आशावादी छन् । उनीहरूले च्याउ खेतीसँगै परम्परागत बालीलाई पनि निरन्तरता दिँदै आएको धनलक्ष्मी भामले बताएकी छिन् ।

मुगुमा च्याउ प्रतिकिलो पाँच सय रुपैयाँका दरले किनबेच हुने गरेको छ। मुगुको हावापानी च्याउका लागि उपयुक्त रहेको विज्ञहरू बताउँछन् ।
प्राविधिक दृष्टिले मुगुमा च्याउ खेती गर्न फागुनदेखि भदौ सम्मको समय ठिक हुने उनीहरूको भनाइ छ।

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार  २ : ०४ बजे

इलाका प्रहरी कार्यालयलाई पुस्तक सहयोग

रामपुर– कालीगण्डकी फाउण्डेशन नेपालले इलाका प्रहरी कार्यालय रामपुरलाई पुस्तक सहयोग

उपल्लो मुस्ताङमा बागवानीको ‘सेटलाइट कृषि फार्म’

मुस्ताङ– उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२ घमीमा मुस्ताङको मार्फास्थित शीतोष्ण

क्लब विश्वकप – मेसीको गोलमा मियामीको पहिलो जित

काठमाडौं – लियोनल मेसीको गोलमा इन्टर मियामीले फिफा क्लब विश्वकप

पुछिघाटको झोलुङ्गेपुल अस्थायी रूपमा मर्मत, स्थानीय खुसी

मन्थली– रामेछापको खाँडादेवी गाउँपालिका र सिन्धुलीको सुनकोशी गाउँपालिका जोड्ने पुछिघाटको

अमेरिकाले इजरायल-इरान युद्धमा प्रत्यक्ष सहभागी हुने निर्णय दुई सातामा गर्ने

वाशिङ्टन – इजरायल र इरान युद्धमा अमेरिकी उपस्थितिका बारेमा राष्ट्रपति