साप्ताहिक सेयर बजार विश्लेषण : होटेल समूहलाई फाइदा, माइक्रो फाइनान्स समूहलाई घाटा « Khabarhub

साप्ताहिक सेयर बजार विश्लेषण : होटेल समूहलाई फाइदा, माइक्रो फाइनान्स समूहलाई घाटा


२५ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- यो साता नेप्से बजार करिब ८१ अंकले ओरालो लागेको छ। साताको ६ कारोबारको दिनमध्ये पाँच दिन नेप्से परिसूचक घटेको थियो । साताको अन्तिम दिन बिहीबार भने ३५ अंकले बढेर सेयर बजार २४६४ बिन्दुमा आएर बन्द भएको छ । यो साता नेप्से आइतबार २५८५ उच्च बिन्दु र बुधबार २४१६ मा झरेको थियो ।

यो साता इन्डिकेटर आरएसआईमा डाइभर्सन देखिन खोजेको छ । लगातार घटेको बजार बिहीबार ३५ अंकले उकालो लाग्दा आरएसआइ २८ बाट ३५ अंकमा अएको छ भने इन्डिकेटर एमए सिडीले भने बिहीबारसम्म बाइ सिग्नल दिएको छैन।

साप्ताहिक बजार हेर्दा होटेल इन्डेक्स भने पहिलाको हप्ताको हाइ ३१४० मै बन्द भएको देखिन्छ। होटेल इन्डेक्स यो साता खासै घटेको देखिन्न । अन्य परिसूचक भने यो साता करिब ८३ अंकले घट्दा १९६९ बिन्दुमा आएर बन्द भएको छ ।

डेभलप्मेन्ट बैंक इन्डेक्स १४ अंकले, कमर्सियल बैंक इन्डेक्स २९ अंकले घटेको छ । हाइड्रो इन्डेक्स, माइक्रो फाइन्न्स इन्डेक्स भने ३३, ४९ र १०२ अंकले घटेको छ ।

यसरी लगातार बजार घट्नुको कारण बजारमा तरलताको कमी रहेको अर्थविद्हरूको भनाइ छ । नेपाल राष्ट्र बैंकले आयात गर्ने करिब ३०० वस्तुमा कडाइ गरेकाले बजारमा बिस्तारै तरलताको समस्या समाधान हुने अर्थविद्हरू बताउँछन् ।

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार  २ : ५६ बजे

सुर्खेतमा एक विद्यार्थी मृत भेटिए 

सुर्खेत– सुर्खेतमा लोकसेवा आयोगको तयारी गरिरहेका अछामका एक विद्यार्थी भाडाको

रातभर मनाएर सकियो तलेजुको जात्रा

भक्तपुर– विजयादशमीका दिन मध्यरातिबाट भक्तपुरमा सुरु भएको पायःद्यो अर्थात् खड्ग

तीन हजार ५८५ यात्रुलाई प्रहरी र सशस्त्रको निःशुल्क बस सेवा

काठमाडौँ– नेपाल प्रहरी र सशस्त्र प्रहरी बलद्वारा सञ्चालित निःशुल्क बस

नदी कटान रोक्न तटीय क्षेत्रमा वृक्षरोपण

कञ्चनपुर– कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ स्थित खल्लागोठमा मछेली नदीको कटान रोक्न

विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित म्याग्दीमा पुनर्निर्माण र पुनःस्थापनाका लागि