रुसलाई युद्ध रोक्न आह्वान गर्दै लुम्बिनीमा दीप प्रज्ज्वलन « Khabarhub

रुसलाई युद्ध रोक्न आह्वान गर्दै लुम्बिनीमा दीप प्रज्ज्वलन


२५ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विश्व शान्तिका लागि रुसलाई तत्काल युद्ध रोक्न आह्वान गर्दै लुम्बिनीमा दीप प्रज्ज्वलन गरिएको छ ।

मानव अधिकार तथा शान्ति समाजको आयोजनामा सम्पन्न दीप प्रज्ज्वलनमा युद्धलाई निषेध र शान्ति प्रवर्द्धन गर्न सबैलाई आग्रह गर्नुका साथै हिमालय बचाउँन र नदी जोगाउनसमेत आह्वान गरिएको छ ।

चैत २१ गते पाल्पाको तानसेनमा पनि विश्व शान्तिका लागि रुसलाई तत्काल युद्ध रोक्न आग्रह गर्दै दीप प्रज्ज्वलन गरिएको थियो ।

चैत १७ गते गोरखाबाट सुरु भएको शान्ति समाजको हिमालय बचाउँ नदी जोगाउँ, गुणस्तरीय स्वास्थ्य सेवा र वैज्ञानिक शिक्षा सबैको अधिकार, युद्ध निषेध शान्ति विशेष र लागू औषध/मदिरा दुर्व्यसनविरुद्धको अभियानको पहिलो चरण चैत २४ गते लुम्बिनीमा दीप प्रज्ज्वलनसहित समापन भएको हो ।

यस अभियानअन्तर्गत गण्डकी प्रदेशको माथिल्लो मुस्ताङ लोमानथाङ्गसहित लुम्बिनी, वाग्मती र कर्णाली प्रदेशका रुकुम पश्चिम, सल्यानसमेत गरि २० जिल्लाका २२ स्थानमा सभा गरिएको थियो ।

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार  ४ : २९ बजे

थाइल्यान्डसँग ५६ रनले पराजित हुँदै नेपाल प्रिमियर कपको क्वार्टरफाइनलबाटै बाहिरियो

काठमाडौँ – मलेसियामा जारी एसीसी महिला प्रिमियर कपको क्वार्टरफाइनलमा थाइल्यान्डसँग

‘जान्नेलाई छान्ने’ नारा योग्यता होइन, भ्रष्टताको संस्थागत रूप हो : महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ शक्तिका रूपमा

कांग्रेस संस्थापनको ‘सात बुँदे प्रस्ताव’ हल्ला मात्रै भएको शेखर सचिवालयको भनाइ

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको सचिवालयले संस्थापन

‘प्रथम कर्णाली प्रदेश मनसुन फोरम’ सम्पन्न

कर्णाली– मनसुनजन्य विपद्को सम्भावित जोखिम पूर्वानुमान, पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी ‘प्रथम

‘इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्न समूहबाट प्रधानमन्त्री र ममाथि आक्रमण भयो : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देशको इतिहासकै ठूलो वित्तीय