मुलुकभित्रै गुणस्तरीय उच्च शिक्षा प्रदान गर्नका लागि संवेदनशिल हुनुपर्छ : राष्ट्रपति « Khabarhub

मुलुकभित्रै गुणस्तरीय उच्च शिक्षा प्रदान गर्नका लागि संवेदनशिल हुनुपर्छ : राष्ट्रपति


२५ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकभित्रै गुणस्तरीय उच्च शिक्षा प्रदान गर्नका लागि संवेदनशिल हुनुपर्ने बताएकी छन्।

शुक्रबार काठमाडौँमा उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ, नेपाल (हिसान) को आठौँ राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले अहिले पनि हजारौँ विद्यार्थी उच्च शिक्षाका लागि विदेश जाने गरेको भन्दै मुलुकभित्रै गुणस्तरीय उच्च शिक्षा प्रदान गर्नका लागि संवेदनशिल हुनुपर्ने बताएकी हुन् । नेपाललाई गुणस्तरीय उच्च शिक्षा हासिल गर्ने गन्तव्य बनाउन गम्भीर हुनुपर्ने उनकी भनाइ छ । उनले गुणस्तरीय, सर्वसुलभ र अनुसन्धानमुखी उच्चशिक्षाका लागि योगदान गर्न विद्यालय सञ्चालकलाई आग्रह गरिन्।

कार्यक्रममा शिक्षामन्त्री देवेन्द्र पौडेलले शिक्षा सुधारका लागि आवश्यक काम सरकारले गरेको जानकारी दिए। शिक्षक सेवा आयोगलाई लोकसेवा जस्तै बलियो बनाउने र दरबन्दी बढाउने काम भइरहेको उनको भनाइ छ ।

 ‘शिक्षा विकासमा सार्थक साझेदारी : हिसानको योगदान र जिम्मेवारी’ मूल नारामा सुरु सम्मेलन शनिबारसम्म चल्ने छ । हाल सञ्चालनमा रहेका निजी लागानीबाट सञ्चालित मावि दुई तथा उच्च शिक्षालयको सङ्ख्या एक हजार ९७७ भन्दा बढी पुगिसकेको छ ।

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार  ३ : ४६ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै