बारमा गठबन्धननिकट प्यानल नै विजयी (सूचीसहित) « Khabarhub

बारमा गठबन्धननिकट प्यानल नै विजयी (सूचीसहित)


२५ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल बार एसोसिएसनको नेतृत्वमा सत्तारुढ पाँच दलीय गठबन्धननिकट प्यानल नै विजयी भएको छ ।

२५ सदस्यीय कार्यसमितिका लागि १९ चैतमा बारको महाधिवेशनमा भएको निर्वाचनको सार्वजनिक मतपरिणामअनुसार गठबन्धननिकट कानुन व्यवसायीहरूको संयुक्त प्यानल नै विजयी भएको हो ।

कांग्रेसनिकट डेमोक्रेटिक लयर्स एसोसिएसनका पूर्वअध्यक्षसमेत गोपालकृष्ण घिमिरेसहित संयुक्त प्यानल नै निर्वाचित भएको हो । सबै पदमा गठबन्धननिकट उम्मेदवारहरू विजयी भएका हुन् ।

एमालेनिकट प्रगतिशील तथा पेशागत कानुन व्यवसायी समूहका उम्मेदवार विष्णुमणि अधिकारीलाई दुई हजार ५२ मतले उछिन्दै घिमिरे अध्यक्षमा निर्वाचित भएका हुन् ।

घिमिरेले चार हजार चार सय ७४ मत पाएका छन् । अधिकारीले भने दुई हजार चार सय २२ मत मात्र पाए ।

घिमिरे प्यानलबाटै महासचिवमा अञ्जिता खनालले तीन हजार ६ सय ८२ मत ल्याएर विजयी हुँदा उनका प्रतिद्वन्द्वी अधिकारी समूहका केदारप्रसाद कोइरालाले दुई हजार नौ सय ८९ मत ल्याए ।

कोषाध्यक्षमा घिमिरे समूहका भरतबहादुर राउत विजयी भएका छन् । अन्य पदाधिकारी र सदस्यहरूमा पनि घिमिरे समूहकै उम्मेदवारहरूले जित हासिल गरेका छन् ।

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार  ४ : ५३ बजे

लागूऔषधसहित पाँच जना पक्राउ

काठमाडौँ– काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट लागूऔषधसहित पाँच जना पक्राउ परेका

नेपालको पर्यटन क्षेत्र सुरक्षित रहेको सन्देश दिन विशेष कार्यक्रम

काठमाडौँ– नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले नेपालको

जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण जोखिममा रहेका मुलुकहरूको

नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना

काठमाडौँ– नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ ।

खोलाले बगाउँदा एक जनाको मृत्यु

काभ्रे– काभ्रेको धुलिखेल नगरपालिका–९ भएर बग्ने डाँफे खोलाले बगाउँदा एक