तालिबानको शासनमा अफगान मिडियालाई टिक्नै समस्या « Khabarhub

तालिबानको शासनमा अफगान मिडियालाई टिक्नै समस्या


२५ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अफगानिस्तानको सत्ता चलाइरहेको तालिबानले सञ्चारमाध्यम तथा पत्रकारहरूमाथिको आक्रमणलाई तीव्रता दिएको मानवअधिकारवादी संस्थाले जनाएको छ ।

मानवअधिकारवादी संस्था ह्युमन राइट्स वाचका अनुसार गत वर्षको अगस्ट महिनामा तालिबानले अफगानिस्तानको सत्ता कब्जा गरेयता त्यहाँ पत्रकार तथा मिडियाहरुमाथि हुने हिंसात्मक घटनाको उजुरी दर्ता गर्न समेत समस्या उत्पन्न हुँदै आएको छ ।

‘अफगानिस्तानमा समाचार संकलन गर्न निकै अप्ठेरो छ ।’ पूर्वी अफगानिस्तानको ननगरहार प्रान्तका एकजना पत्रकारलाई उद्धृत गर्दै भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

‘जे पनि हुनसक्छ, तपाईँलाई पक्राउ गर्नसक्छन्, कुटपिट हुनसक्छ, यातना दिनसक्छन् वा मारिन पनि सक्नुहुन्छ ।’ ह्युमन राइट्स वाचकी अनुसन्धानकर्ता फेरेस्ता अब्बासीले भनिन् ।

अब्बासीका अनुसार अफगानिस्तानको कन्दहार शहरमा मात्रै तालिबानको सङ्गीतमाथिको प्रतिबन्ध बेवास्ता गरेको भन्दै चार वटा रेडियो स्टेशनमा छापा मारिएको छ । तालिबानले ६ जना पत्रकारलाई नियन्त्रणमा लिएको समेत उनले बताइन् ।

आइन्दा यस्तो नगर्ने शर्तपछिमात्रै उनीहरुलाई रिहा गरिएको एएनआईले जनाएको छ ।

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार  ७ : ३७ बजे

लागूऔषधसहित पाँच जना पक्राउ

काठमाडौँ– काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट लागूऔषधसहित पाँच जना पक्राउ परेका

नेपालको पर्यटन क्षेत्र सुरक्षित रहेको सन्देश दिन विशेष कार्यक्रम

काठमाडौँ– नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले नेपालको

जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण जोखिममा रहेका मुलुकहरूको

नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना

काठमाडौँ– नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ ।

खोलाले बगाउँदा एक जनाको मृत्यु

काभ्रे– काभ्रेको धुलिखेल नगरपालिका–९ भएर बग्ने डाँफे खोलाले बगाउँदा एक