खर्चिलो निर्वाचन प्रणाली महिलाहरुलाई तगारो | Khabarhub Khabarhub

खर्चिलो निर्वाचन प्रणाली महिलाहरुलाई तगारो


२६ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा – स्थानीय तहको चुनाव नजिकिदै गर्दा विगतमा जनप्रतिनिधि बनेका बढी महिला नै मुख्य पदको आकांक्षी बनेका छन् तर खर्चिलो निर्वाचन प्रणालीको कारण उम्मेदवारी दिने कि नदिने भन्ने विषयमा अन्योल देखिन्छ ।

स्थानीय तह उपप्रमुख पदको जिम्मेवारी सम्हालिरहेका महिलाहरू प्रमुख पदका आकांक्षी बनेका छन् भने वडासदस्यहरू अब वडाध्यक्षका लागि जिकिर गरिरहेका छन्। सम्बद्ध राजनीतिक दलले वडाध्यक्ष बन्नका लागि २० लाखदेखि २५ लाख रूपैयाँसम्म खर्च लाग्छ भन्न थालेपछि उनीहरु अन्योलमा परेका हुन्।

‘टिकट पाए वडाध्यक्ष जित्छु र चलाउन पनि सक्छु भन्ने हिम्मत छ तर चुनावमा खर्च गर्ने पैसा छैन,’ बिर्तामोड नगरपालिका-६ की सदस्य यामुना आचार्य भन्छिन्, ‘२५ लाख रूपैयाँ खर्च लाग्छ वडाध्यक्षको चुनाव लड्न भन्छन्। घर बेची चुनावी खर्च गरेर रुखको फेदमा त बस्न सकिँदैन।’

महिलालाई आर्थिक अधिकार नहुँदा चुनावमा उम्मेदवारी दिन समस्या भएको आचार्यको भनाइ छ।

वडा नम्बर ५ की सदस्य पवित्रा कोइराला ढुंगाना पनि आफ्नो वडाध्यक्ष पदकाका लागि जिकिर भए पनि पैसाका कारण समस्या भइरहेको बताउँछिन्। विगतमा जनताको मन जितेकाले र फेरि मत जित्ने गरी आउन सक्ने भए पनि राजनीतिक दलले पैसालाई महत्व दिएका कारण निरास हुने परिस्थिति सिर्जना भएको उनी बताउँछिन्।

सदस्य कोइराला भनिन्, ‘पैसालाई महत्व नदिएर सक्षम र क्षमतावान महिलालाई टिकट मात्र दिने हो भने चुनाव जितिन्छ।’

महिलाको नाममा सम्पत्ति भए पनि खर्च गर्ने अधिकार नहुँदा समस्या भएको वडा नम्बर १ की सदस्य भावना आचार्य बताउँछिन्। ‘श्रीमानले आफू चुनाव लड्नु पर्‍यो भने भएको सम्पत्ति बेचेर पनि खर्चको जो हो गर्नुहुन्छ‚’ उनी भन्छिन्, ‘तर हामीलाई त्यो अधिकार हुँदैन अनि कोसँग पैसा मागेर चुनाव लड्नु?’ चुनाव लड्न महिलालाई आर्थिक तगारो बनेको उनको भनाइ छ।

पैसाको आधारमा भन्दा पनि राजनीतिमा गरेको योगदानका आधारमा टिकट नदिए सक्षम र क्षमतावान् महिला राजनीतिबाट ओझेल पर्ने झापाली महिलाहरुको गुनासो छ। उनीहरूले चुनाव भड्किलो र खर्चिलो भएका कारण राजनीतिक भ्रष्टाचार मौलाउन थालेको टिप्पणी गरेका छन्।

झापामा मेचीनगर, बिर्तामोड, भद्रपुर र दमक नगरपालिका तथा बुद्धशान्ति गाउँपालिकाका उपप्रमुखहरूले आगामी निर्वाचनमा मुख्य पदमा उम्मेद्वारी दिने तयारी गरेका छन्।

प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार  ७ : ४१ बजे

अध्यक्ष लामिछानेविरुद्ध राज्य संयन्त्रको दुरुपयोग गरी षड्यन्त्र भइरहेको छ : रास्वपा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शनिबार तेस्रो स्थापना दिवस मनाएको

फिल्म ‘गलवान’को लागि तौल घटाउँदै छन् सलमान

काठमाडौं– बलिउड नायक सलमान खान नयाँ फिल्मको तयारीमा जुटेको पाइएको

मानव स्वास्थ्यका लागि योग : केही अभ्यास (तस्बिरहरू)

काठमाडौं– आज ११औँ विश्व योग दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

सहयोग र श्रमदानबाट खेलमैदान निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ५ पाउद्धारमा स्थानीयवासीले थप १६ लाख

मानव अङ्ग प्रत्यारोपणको क्षेत्रमा नेपालको उपलब्धि महत्त्वपूर्ण : मन्त्री पाण्डे

ललितपुर– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मानव अङ्ग