एघार किलोमिटर सडक दुई वर्षभित्र कालोपत्रे गर्ने लक्ष्य  « Khabarhub

एघार किलोमिटर सडक दुई वर्षभित्र कालोपत्रे गर्ने लक्ष्य 


२६ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – लमजुङको सुन्दरबजार र मध्यनेपालअन्तर्गत पर्ने खत्रेठाँटी–कुन्छा–सोतिपसल सडक स्तरोन्नतिका लागि शिलान्यास भएको छ ।

सुन्दरबजार २, हाँडेटारदेखि मध्यनेपाल १, निवुवाटारीसम्म करिब ११ किलोमिटर सडक दुई वर्षभित्र कालोपत्रे हुने गरी स्तरोन्नतिको काम सुरु भएको हो। सडक स्तरोन्नतिका लागि प्रदेश सरकारले बहुवर्षीय योजनाअन्तर्गत बजेट विनियोजन गरेको थियो ।

पूर्वाधार विकास कार्यालय लमजुङका अनुसार सडक कालोपत्रेका लागि सोतीपसलतर्फ मध्यनेपाल–१, जिता बेसीबाट काम सुरु भएको हो । आगामी दुई वर्षभित्र कालोपत्रे काम सम्पन्न गर्ने लक्ष्यसहित स्तरोन्नतिको काम सुरु भएको कार्यालयले जनाएको छ ।

पूर्वाधार विकास कार्यालयका अनुसार हाँडेटारदेखि निबुवाटारीसम्मको १० दशमलव ८० किलोमिटरमध्ये तीन किलोमिटर सडक ढलान गरिनेछ । सुन्दरबजार नगरपालिकाअन्तर्गत जिल्लाकै पुरानो सदरमुकाम समेत रहेको कुन्छाको दुईतर्फी भिरालो तीन किलोमिटर सडकमा ढलान हुने भएको हो।

उक्त सडक कालोपत्रे भएसँगै भेगका नागरिकलाई सदरमुकाम आउन र जिल्लाको सुन्दरबजार, राईनास, दोर्दी र मस्र्याङदी क्षेत्रका नागरिकलाई प्रदेश मुकाम पोखरा जान  सहज हुने अपेक्षा गरिएको छ । सडक निर्माणका लागि काठमाडौँस्थित महावीर प्रधान जेभीले जिम्मा पाएको छ । करिब २८ करोड रुपैयाँ लागतमा २०८० को असोज महिनाभित्र सम्पूर्ण काम सम्पन्न गर्ने गरी सम्झौता भएको कार्यालय प्रमुख सुमन गिरिले बताए ।

प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार  १० : ४१ बजे

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द

संघर्ष छिचोल्दै श्रीमान्–श्रीमती एकसाथ दीक्षित

काठमाडौं– जीवनमा सबैलाई अर्थपूर्ण साथको आवश्यकता पर्छ । अझ जिम्मेवारी

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको