राजीनामा दिएपनि श्रीलंकाली अर्थमन्त्रीले जिम्मेवारीलाई निरन्तरता दिने « Khabarhub

राजीनामा दिएपनि श्रीलंकाली अर्थमन्त्रीले जिम्मेवारीलाई निरन्तरता दिने


२६ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चरम आर्थिक संकट एवम् अत्यावश्यक वस्तुको अभाव झेलिरहेको श्रीलंकामा अर्थमन्त्रीले आफ्नो जिम्मेवारीलाई निरन्तरता दिने जनाएका छन् ।

यसै साताको शुरुमा नयाँ अर्थमन्त्रीको नियुक्ति पाएको २४ घण्टा नबित्दै राजिनामा दिएका श्रीलंकाली सत्तारुढ दलका सांसद अली सबरीले आफ्नो जिम्मेवारीलाई निरन्तरता दिने बताएका हुन् ।

२६ मन्त्रीहरूले सामूहिक राजीनामा दिएपछि उनलाई गत सोमबार राष्ट्रपति गोताबाया राजपाक्षेले अर्थमन्त्री नियुक्त गरेका थिए । अर्थमन्त्रीको नियुक्ति पाएको एक दिनपछि सबरीले राष्ट्रपतिसमक्ष राजीनामा पेश गरेका थिए ।

यद्यपि राष्ट्रपतिले उनको राजीनामा स्वीकृत नगरेको बताइएको छ । सबरीले शुक्रबार संसदमा बोल्दै अर्थमन्त्रीको जिम्मेवारीलाई निरन्तरता दिने बताएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

अर्थमन्त्रीको जिम्मेवारी सम्हाल्न धेरैले आनाकानी गरेको र राष्ट्रपति गोताबाया राजपाक्षेले सबरीको राजीनामा स्वीकृत गर्न नमानेपछि उनले आफ्नो जिम्मेवारीलाई निरन्तरता दिने बताएका हुन् ।

सबरीले भने, ‘जस्तोसुकै चुनौती सामना गर्नु परे पनि देशको अर्थतन्त्र बचाउन म अर्थमन्त्रीका रुपमा रहन र आवश्यक काम गर्न तयार छु ।’

प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार  १ : २२ बजे

प्रि ओपन सेसन : एक अंकले बढ्यो नेप्से

काठमाडौं– साताको चौथो कारोबार दिन प्रि ओपन सेसनमा नेपाल स्टक

निर्वाचन लोकतन्त्रको असल अभ्यास हो : गृहमन्त्री अर्याल

 सुर्खेत – गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन लोकतन्त्रको एक असल अभ्यास

वीरगञ्जबाट पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्ष (आव)को पाँच महिनामा ७२

‘समावेशी नेपाल राजनीतिक आकाङ्क्षा होइन, सामाजिक आवश्यकता हो’

हेटौँडा– उत्थानशील र समावेशी नेपाल निर्माणका लागि राजनीतिक स्थायित्व नै

रविलक्ष्मी भेट्न डल्लु पुगे प्रचण्ड र माधव

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’