सेती लोकमार्ग चाँडो सक्न बर्दगोरिया महोत्सव सुरु | Khabarhub Khabarhub

सेती लोकमार्ग चाँडो सक्न बर्दगोरिया महोत्सव सुरु


९ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

कैलाली – कैलालीको बौनियामा आजबाट बर्दगोरिया सेती लोकमार्ग पहिचान महोत्सव सुरु भएको छ । महोत्सवको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज उद्घाटन गरे ।

‘कृषि, व्यापार, संस्कृति र बर्दगोरिया पर्यटकीय धामको विकासः निर्माणाधीन सेती लोकमार्गको निकास’ भन्ने मूल नाराका साथ बौनिया बजार व्यवस्थापन समितिको आयोजनामा महोत्सव सुरु भएको हो ।

राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको यस लोकमार्गको निर्माणका लागि दबाब स्वरूप यहाँ विगतका वर्षदेखि नै महोत्सवको आयोजना गरिँदै आएको छ । सोही अनुरूप यसवर्ष पनि महोत्सवलाई निरन्तरता दिइएको बजार व्यवस्थापन समितिका अध्यक्ष देवराजसिंह स्वारले जानकारी दिए ।

महोत्सवको आज उद्घाटन समारोहमा मुख्यमन्त्री शाहले लोकमार्ग निर्माणको काम सङ्घीय सरकारले अगाडि बढाएअनुरूप भइरहेको बताए । उनले भने, ‘सङ्घीय सरकारले लोकमार्गको अवधारणालाई अगाडि बढाउँदा तीन खण्डमा बजेट विनियोजन भयो । कैलालीको जानकी गाउँपालिकास्थित दुगौलीबाट टेण्डर भई प्रक्रिया अगाडि बढेको छ । काम भइरहेको छ तर सीमित स्रोतसाधनका कारण चाहेअनुसार उपलब्धि हुन सकेको छैन ।’

मुख्यमन्त्री शाहले सुदूरपश्चिमलाई चीनसँग जोड्न ताक्लाकोट सीमानाका र सेती लोकमार्ग निर्माण गर्नुपर्ने भन्दै त्यसका लागि आफूले पहल गरिरहेको बताए । ‘तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीन भ्रमण जानुअघि र केही समय पहिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि सोही माग गर्दै पत्र हस्तान्तरण गरेको थिए । प्रदेश सरकार यस विषयमा गम्भीर छ’, उनले भने ।

आयोजकले सेती लोकमार्ग निर्माण, बौनिया बजारको ढल निकासलगायत माग राख्दै मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएको थियो । कार्यक्रममा महोत्सव सुरुवात गर्ने बर्दगोरीया गाउँपालिका अध्यक्ष कर्ण कुँवर, पत्रकार लगायतलाई सम्मान गरिएको थियो ।

उद्घाटन समारोहमा लम्किचुहा नगरपालिका प्रमुख सुशीला शाही, मोहन्याल गाउँपालिका अध्यक्ष देवीदत्त उपाध्याय, कैलाली उद्योग वाणिज्य सङ्घका महासचिव ओम विष्टलगायतको उपस्थित थिए । महोत्सव आगामी १८ गतेसम्म सञ्चालन हुनेछ । रासस

प्रकाशित मिति : ९ पुस २०८१, मंगलबार  ११ : ०१ बजे

मानुङकोटलाई पर्यटकीयग्राम बनाउन पहल

तनहुँ – यहाँको व्यास नगरपालिकाले वडा नं ५ स्थित पर्यटकीयग्राम

विपिनको परिवारलाई सुदूरपश्चिम सरकारको दुई लाख सहयोग

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेश सरकारले हमासको आक्रमणमा परी ज्यान गुमाएका

सुनकोशीमा डुबेर सात वर्षीया बालिका बेपत्ता

उदयपुर (गाईघाट)- उदयपुरको त्रियुगा नगरपालिका–१४ स्थित ढुङ्ग्रेका सात वर्षीया बालिका

पाकिस्तान र अफगानिस्तानबीच भएको युद्धविरामको चीनद्वारा स्वागत

बेइजिङ – चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले पाकिस्तान र

शान्ति र स्थिरताको कामना गर्दै ‘ध्योक्योप’ देव नृत्य प्रदर्शन

मुस्ताङ- विश्व शान्ति र स्थिरताको कामना गर्दै मुस्ताङको घरपझोङ गाउँपालिका–५