नेयमार र एमबाप्पेले ह्याट्रिक गर्दा मेस्सी गोलविहीन « Khabarhub

नेयमार र एमबाप्पेले ह्याट्रिक गर्दा मेस्सी गोलविहीन


२७ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा शनिबार राति सानदार जित निकाल्दा फरवार्डद्वय नेयमार जुनियर र केलियन एमबाप्पेको ह्याट्रिक पूरा गर्दा अर्का स्टार लियोनल मेस्सी भने गोलविहीन भएका छन्।

नेयमार र एमबाप्पेले ३-३ गोल गर्दा पिएसजीले घरेलु टोली क्लेरमोन्ट फुटमाथि ६–१ को फराकिलो जित निकाल्यो । पिएसजीको जितमा नेयमारले ६, ७१ र ८३ मिनेटमा गोल गरे । एम्बाप्पेले १७, ७४ र ८० मिनेट ह्याट्रिक पूरा गरे । घरेलु टोलीका जोडेल डोस्सोउले एक गोल फर्काए ।

गोलविहीन रहेका मेस्सीले ह्याट्रिक असिस्ट भने गरे । उनले एमबाप्पेलाई दुई असिस्ट दिए भने नेयमारलाई एक अन्तिम पास उपलब्ध गराएका थिए ।

जितसँगै शीर्षस्थानमा रहेको पिएसजीको ३१ खेलबाट ७१ अंक पुगेको छ । पिएसजीले दोस्रो र तेस्रो स्थानको रेन्नेस र मार्सेलाई १५ अंकले पछि पारेको छ । पराजित क्लेरमोन्ट फुट २८ अंक जोडेर १७औं स्थानमा छ ।

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतबार  ८ : ०८ बजे

भोटेकोशी बाढी : ३५९ को शव फेला, हेलिकप्टरमार्फत ७९६ जनाको उद्धार

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान गएको बाढीमा परी ज्यान

‘जीवितहरू भेटेजति उद्धार गरिसक्यौँ, पानी नपरे शव पनि उठाउन थाल्छौँ’

बुधबार रसुवाको भोटेकोसी र त्रिशूली नदीमा आएको बाढीका कारण रसुवाको

लाङटाङ हाइड्रोमा खटिएका कामदारको गुहार- १८ जना फसेका छौँ, चोटैचोट छ, उद्धार गरिदिनुस्

काठमाडौं– रसुवाको लाङटाङ हाइड्रोपावरको काममा खटिएका कामदारहरूले उद्धार गर्न आग्रह

बाढी पीडितलाई पूर्वप्रधानमन्त्री कार्कीले एक महिनाको पेन्सन दिने

काठमाडौं–  पूर्वप्रधानमन्त्री सुशीला कार्कीले रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको