चार स्रष्टा सम्मानित | Khabarhub Khabarhub

चार स्रष्टा सम्मानित


२७ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ – शुक्ला साहित्य सङ्गम तनहुँले विभिन्न विधामा चार स्रष्टालाई सम्मान गरेको छ । तनहुँको शुक्लागण्डकीस्थित दुलेगौडामा शनिबार आयोजित कार्यक्रममा विभिन्न विधाका चार स्रष्टालाई सम्मान गरिएको हो ।

शुक्ला विशिष्ट सम्मानबाट कास्कीका साहित्यकार एवं प्राज्ञ रमेश श्रेष्ठ पुरस्कृत भए । उनलाई नगद रु १५ हजारसँगै सम्मानपत्रले पुरस्कृत गरिएको छ । शुक्ला पुरस्कारबाट झापाका साहित्यकार जनार्दन दाहाललाई पुरस्कृत गरिएको छ । उक्त सम्मानको राशि रु १० हजार रहेको छ ।

शुक्ला प्रतिभा पुरस्कार तनहुँका साहित्यकार अनिल श्रेष्ठ र र शुक्ला पूर्ण बाल प्रतिभा पुरस्कार तनहुँका अनुप लामिछानेलाई प्रदान गरिएको छ । शुक्ला प्रतिभा पुरस्कारको राशि रु पाँच हजार र शुक्ला पूर्ण बाल प्रतिभा पुरस्कारको राशि रु दुई हजार ५०० छ ।

स्रष्टाहरुलाई वरिष्ठ साहित्यकार एवं प्राज्ञ सरुभक्त श्रेष्ठ, शुक्ला साहित्य सङ्गमका कार्यवाहक अध्यक्ष रामशरण गैरे र सङ्गमका संरक्षक शेषमणि आचार्यले सम्मान गरेका हुन्। संस्थाले नेपाली साहित्यको क्षेत्रमा योगदान पुर्‍याएका स्रष्टालाई सम्मान गर्दै आइरहेको पूर्वअध्यक्ष नारायण श्रेष्ठले जानकारी दिए । सङ्गमले हरेक दुई वर्षका अवधिमा यो पुरस्कार प्रदान गरिरहेको छ ।

रु तीन लाखको अक्षयकोष स्थापना गरी पुरस्कृत गर्न थालिएको बताइएको छ । संस्थाले यसअगाडि शुक्ला विशिष्ट पुरस्कार कवि तथा साहित्यकार डा रामप्रसाद ज्ञवाली, शुक्ला पुरस्कार साहित्यकार धीरेन्द्र प्रेमर्षी, शुक्ला प्रतिभा पुरस्कार कवि जगन्नाथ पौडेल र सुष्मा सिग्देल तथा शुक्ला बाल प्रतिभा पुरस्कार अमृत ढकाललाई प्रदान गरेको थियो । सोही अवसरमा सम्मानित स्रष्टा जनार्दन दाहालको गजल सङ्गह ‘यी मान्छे यी नजर’ विमोचन गरिएको छ । दाहालको चौथो कृतिमा ८५ गजल समावेश छ ।

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतबार  ८ : १४ बजे

पक्राउ परे एमाले केन्द्रीय सदस्य महर, म्याद थपका लागि अदालत लगियो

काठमाडौँ- प्रमुख सत्तारुढ नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरलाई नेपाल

श्रीलंकाका पूर्वराष्ट्रपति विक्रमासिङ्घे जमानतमा रिहा

एजेन्सी– पदमा रहँदा सार्वजनिक कोष दुरुपयोग गरेको आरोपमा पक्राउ परेका

बारामा शतप्रतिशत धान रोपाइँ सम्पन्न

कलैया– जिल्लामा चालु आर्थिक यस वर्षमा शतप्रतिशत वर्षे रोपाइँ भएको

शेयर बजारमा उछाल, आधा सेन्चुरीले बढ्यो नेप्से 

काठमाडौं– बुधबार शेयर बजारमा उछाल आएको छ । बुधबार नेपाल

मङ्सिरमा बाघ र गैँडा गणना गरिने 

चितवन– गत आर्थिक वर्षमा अन्तिम अवस्थामा दाताले सहयोग गर्न नसक्ने