अष्ट्रेलियामा मे २१ मा चुनाव हुने « Khabarhub

अष्ट्रेलियामा मे २१ मा चुनाव हुने


२७ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अष्ट्रेलियामा प्रधानमन्त्री स्कट मोरिसनले आगामी मे २१ मा संघीय चुनाव आह्वान गरेका छन् । गभर्नर जनरल डेभिड हर्लीसँगको छलफलपछि मोरिसनले चुनावको मिति घोषणा गरेको बीबीसीले जनाएको छ ।

मत सर्वेक्षणमा आगामी निर्वाचनबाट अष्ट्रेलियामा सरकार परिवर्तन हुने र एन्थोनी अल्बानिजको नेतृत्वमा रहेको विपक्षी लेबर पार्टी सरकारमा आउने देखिएको बीबीसीले जनाएको छ ।

यसअघि सन् २०१९ मा भएको निर्वाचनमा पनि लिबरल पार्टीले सरकार गठन गर्न नसक्ने र लेबर पार्टीले सरकार बनाउने मत सर्वेक्षणको नतिजा आएको थियो । यद्यपि बहुमत ल्याउँदै लिबरल पार्टीको गठबन्धन सरकार बनाउन सफल रह्यो ।

हाल संसद्मा उनको मध्य दक्षिणपन्थी लिबरल पार्टीको संसद्मा कायम १ सय ५१ मध्ये ६० सिट छ । लिबरल पार्टीले १५ सिट रहेको नेशनल पार्टीसँग सत्ता चलाउन गठबन्धन बनाएको छ । यसअनुसार अष्ट्रेलियाको संसद्‍मा सत्तारुढ गठबन्धन केबल एक सिटले अघि छ । विपक्षी लेबर पार्टीसँग भने ६८ सिट छ ।

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतबार  ४ : ४० बजे

भरुवा बन्दुकसहित पाँच जना पक्राउ

सुर्खेत– जाजरकोट प्रहरीले भरुवा बन्दुकसहित पाँच जनालाई पक्राउ गरेको छ

विदेशमा हण्डर खाएपछि गाउँ फर्किएका लोकबहादुर मौरीपालनमा

बागलुङ– घर छेउका बारीमा लहरै राखिएका मौरीका घार । घारमा

ऐतिहासिक पर्सागढीमा शनिबार विजय उत्सव मनाइने

पर्सा– विक्रम सम्वत् १८७१ सालमा ब्रिटिस इष्ट इन्डिया कम्पनीको फौजलाई

महिलालाई पञ्चैबाजा प्रशिक्षण

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गाका महिलालाई परम्परागत बाजाको संरक्षण गरी

गरिबीले रोकेन सत्यनारायणको ‘डाक्टर’ बन्ने सपना

सिरहा– दिनभरि इँट्टा–बालुवासँगको सङ्घर्ष, रातभरि डाक्टर बन्ने सङ्कल्प । यही