ट्रम्पले आगामी राष्ट्रपतीय निर्वाचनमा पनि उम्मेद्‍वारी दिनसक्ने | Khabarhub Khabarhub

ट्रम्पले आगामी राष्ट्रपतीय निर्वाचनमा पनि उम्मेद्‍वारी दिनसक्ने


२७ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी राष्ट्रपतीय निर्वाचनमा फेरि उम्मेद्‍वारी दिनसक्ने बताएका छन् । नर्थ क्यारोलाइना राज्यको सेल्मा शहरमा आयोजित र्‍यालीलाई सम्बोधन गर्दै उनले सन् २०२४ मा हुन राष्ट्रपतीय निर्वाचनमा उम्मेद्‍वारी दिनसक्ने बताएका हुन् ।

‘सत्य यो हो कि म दुई पटक राष्ट्रपतिको दौडमा भाग लिएँ, मैले दुई पटक जितेँ । मैले पहिलो पटक भन्दा दोस्रो पटक धेरै राम्रो गरेँ ।  र अब हामीले फेरि यो दौडमा भाग लिनुपर्ने हुन सक्छ।’ र्‍यालीलाई सम्बोधन गर्दै उनले भने ।

‘के यहाँ कोही छ जसले मलाई निर्वाचनमा भाग लिएको हेर्न चाहन्छ ?’ समर्थकले भरिभराउ र्‍यालीमा उनले प्रश्न गरेको नर्थ क्यारोलाइनाको राजधानी राहली शहरबाट प्रकाशित हुने राहली न्युज एण्ड अब्जर्भरको अनलाइन संस्करणले जनाएको छ । 

यद्यपि ट्रम्पको उम्मेद्‍वारीबारे अहिलेसम्म कुनै आधिकारिक घोषणा भने नभइसकेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

र्‍यालीमा ट्रम्पले अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनलाई ‘एकपछि अर्को अपमानजनक आत्मसमर्पण’ गरेको आरोप लगाए । ट्रम्पले बाइडेनले गैरकानूनी रुपमा विदेशीलाई अमेरिकामा आउन दिएको आरोप समेत लगाएका थिए ।

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतबार  ५ : ०७ बजे

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

गण्डकी– गण्डकी प्रदेशका विभिन्न चार सय ६७ स्थानमा डढेलो लागेको

भोजपुरको आमचोकमा जिप दुर्घटना, एक जनाको मृत्यु

भोजपुरको आमचोक गाउँपालिका एउटा यात्रुवाहक जिप दुर्घटना हुँदा कम्तीमा पनि

माङसेबुङमा मुढा पहिलो, एमाले दोस्रो

इलाम– किरात धर्मावलम्बीहरुको पवित्र स्थल रहेको माङसेबुङ गाउँपालिकाको मतगणना सकिएको

बझाङ अपडेट : एमाले १०३६३, कांग्रेस–१०३५४, अन्तर– ९

काठमाडौं– बझाङ प्रदेशसभा १ मा शनिबार भएको उपनिर्वाचनको मतगणना जारी

इलाममा मधेसवादीभन्दा राजावादी पछाडि !

काठमाडौं– देशमा राजावादी जनमत बढेको जबजरजस्त भाष्य निर्माण भइरहेको अवस्थामा