समितिले तयार पारेको प्रतिवेदन आज गठबन्धनका शीर्ष नेतालाई बुझाइँदै  « Khabarhub

समितिले तयार पारेको प्रतिवेदन आज गठबन्धनका शीर्ष नेतालाई बुझाइँदै 


२८ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेस नेतृत्वको गठबन्धनले गठन गरेको ‘स्थानीय तह निर्वाचन परिचालन तथा अनुगमन समिति’ले पार्टीका शीर्ष नेतृत्वलाई प्रतिवेदन बुझाउने भएको छ  ।

स्थानीय तहमा रहेको गठबन्धनमा रहेका पाँच दलको पछिल्लो अवस्थाको मूल्याङ्कन गरी तयार पारेको सुझावसहितको प्रतिवेदन कांग्रेस नेता रामचन्द्र पौडेल नेतृत्वको समितिले आज बिहान ९ बजे शीर्ष नेतृत्वलाई बुझाउन लागेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा समितिले देशभरका स्थानीय तहबाट आएको विवरणको आधारमा बनाएको प्रतिवेदन र त्यसका आधारमा तय गरिएको चुनावी तालमेलको मोडालिटी नेताहरुलाई बुझाउन लागेको हो।

गठबन्धनमा आबद्ध दलहरू कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा स्थानीय निर्वाचनमा गठबन्धन गरेर जाने निर्णयमा पुगेपछि उक्त प्रतिवेदन तयार पारिएको हो ।

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  ८ : ५२ बजे

६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं-  विभिन्न ६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिहरूले पद तथा गोपनीयताको

पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण

पर्वत– वन क्षेत्रमा पानीको उपलब्धता बढाइ वन्यजन्तु संरक्षण, जैविक विविधताको

स्पेनमा भीषण डढेलो : १२ जनाको मृत्यु

म्याड्रिड- दक्षिणी स्पेनको अल्मेरिया प्रान्तस्थित लोस गाल्यार्दोस क्षेत्रमा लागेको भीषण डढेलोमा

कर्णाली नदीमा बेपत्तामध्ये थप दुई जनाको शव भेटियो

दैलेख– कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७, साङ्गेतरामा कर्णाली नदीमा बेपत्ता

विधानको बलले बालेनविरुद्ध रविको पेनाल्टी

काठमाडौँ – यो साताको कार्टुनले विश्वकप भइरहेकाले फुटबलको माध्यमबाट नेपालको