यसकारण सलमान लगाउँछन् कालो कपडा « Khabarhub

यसकारण सलमान लगाउँछन् कालो कपडा


२५ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी–यतिबेला भारतीय अभिनेता सलमान खानको फिल्म भारतले रेकर्ड तोडेर कमाइ गरिरहेको छ ।

भारत फिल्मले पहिलो दिनको कमाइमा रेकर्ड राखेको छ । सलमानको यसअघि चलेका फिल्म भन्दा भारतले पहिलो दिन धेरै कमाइ गरेको हो ।  सलमानले बनाएको अधिकांश जसो फिल्मले राम्रो कमाइ गरिरहेका कारण उनी सदावाहर अभिनेता हुन् ।

सलमानले अहिलेसम्म विवाह गरेका छैनन् । ५० काटेका सलमानको नाम विभिन्न अभिनेत्रीहरुसँग जोडिने गरेको भएपनि उनको विवाह भने भएको छैन ।

सलमानको कुरा गर्दा उनको केही विषेशता छन् । विइङ हमनको टिसर्ट लगाएर मानतावादी संस्थासमेत चलाएका सलमान खान प्रायः कालो रङको कपडामा देखिन्छन् । जसलाई तपाईले पनि याद गर्नु भएको होला ।

उनी धेरैजसो कालो रङको कपडाहरुमा देखिन्छन् । उनी सधैँ किन कालो रङकै कपडामा देखिन्छन् त ? भनि उनका फ्यानहरुले प्रश्न गर्ने गरेका छन् भने यस बारेमा समाचारहरुपनि सार्वजनिक हुने गरेको छ ।

उनका फेशन डिजाइनर एशले रेबेलोले उनको यो राजको पर्दा खोलिदिएका छन् । उनले केही समय अघि सञ्जालमा प्रश्नोत्तरवाला खेल खेलेका थिए । त्यसैक्रममा एक समर्थले सलमानको कपडा बदल्न आग्रह गरेका थिए ।

उक्त प्रश्नको जवाफमा उनले सलमान खानलाई कालो रङ मात्रै मन पर्ने र उनी सोही रङको कपडा लगाउँन मन पराउने बताए ।

प्रकाशित मिति : २५ जेठ २०७६, शनिबार  ४ : ०९ बजे

पञ्चकन्या गाउँपालिकाले लगाएको चियाको व्यावसायिक उत्पादन सुरु

त्रिशूली– नुवाकोटको पञ्चकन्या गाउँपालिकाले बाझो जग्गामा लगाएको चिया खेतीको व्यावसायिक

नेपाल भानुआटुसँग पराजित

काठमाडौं- आइसिसी महिला टि–ट्वान्टी च्यालेन्ज ट्रफीमा नेपाल भानुआटुसँग पराजित भएको

नबिल बैंकद्वारा गोपनीयता चुहावट आरोपको खण्डन

काठमाडौं– नबिल बैंकले आफ्ना ग्राहकको गोपनीयता भङ्ग गरी बैंकिङ कारोबारसम्बन्धी विवरण

एमाले प्रमुख सचेतकमा सांसद ऐनबहादुर महर

काठमाडौं-नेपाल कम्युनिष्ट पार्टी (एमाले) संघीय संसदीय दलले प्रतिनिधिसभाका सदस्य ऐनबहादुर

प्रधानमन्त्री कप एनभिएमा पुलिस क्लबको विजयी सुरुवात 

काठमाडौं– प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा पुरुषतर्फ