सुरक्षा निकायलाई प्रयाप्त स्रोत र साधनयुक्त बनाउने सरकारको योजना छ : गृहमन्त्री खाँण « Khabarhub

सुरक्षा निकायलाई प्रयाप्त स्रोत र साधनयुक्त बनाउने सरकारको योजना छ : गृहमन्त्री खाँण


२८ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गृहमन्त्री बालकृष्ण खाँणले सुरक्षा निकायलाई प्रयाप्त स्रोत र साधनयुक्त बनाउने सरकारको योजना रहेको बताएका छन् ।

सोमबार सिंहदरबारमा आर्थिक वर्ष २०७७/०७८ मा बेरुजु फर्स्यौट कार्यमा सर्वोकृष्ट/उत्कृष्ठ हुने कर्मचारी र अवकाशमा जान लागेका सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाललाई सम्मान कार्यक्रममा गृहमन्त्री खाँणले सीमित स्रोत र साधनलाई उपयोग गरेर अहिलेसम्म प्रहरी र सशस्त्र प्रहरी बलले गरेको काम प्रशंसनीय रहेको भन्दै आगामी दिनमा प्रयाप्त स्रोत र साधनयुक्त बनाउने सरकारको योजना रहेको बताएका हुन्। उनले आगामी दिनमा पनि सुरक्षा निकायले यो भन्दा राम्रो काम गर्ने अपेक्षा आफूले राखेको बताए । बेरुजु फछ्यौटमा गम्भीर हुन र बजेटलाई नियमसंगत खर्च गर्न थप मेहनत गर्नुपर्ने उनको भनाइ छ ।

त्यस्तै अवकास पाउन लागेका सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनालले सुशासन काम गर्न र मुलुकको सुरक्षाका साथै विकास निर्माणमा सशस्त्र प्रहरीलाई गरिएको सहयोगप्रति आभार व्यक्त गरे।

कार्यक्रममा तत्कालिन गृहसचिव महेश्वर न्यौपानेलाई १० हजार, प्रहरी महानिरीक्षक शैलेश थापालाई १० हजार, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाललाई १० हजार, राष्ट्रिय किताव खाना (प्रहरी)का उपमहानिर्देशक शान्ता अधिकारी भट्टराईलाई १० हजार नगदसहित सम्मान गरे। त्यस्तै अन्य निकायका कर्मचारीहरुलाई पनि नगदसहित सम्मान गरिएको थियो ।

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  ३ : ३६ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका