के ‘लभ स्टोरी’ फिल्मको तयारीमा छन् त रोहित? « Khabarhub

के ‘लभ स्टोरी’ फिल्मको तयारीमा छन् त रोहित?


२९ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बलिउडमा निर्देशक रोहित शेट्टी एक्सन फिल्म निर्देशकको परिचयमा स्थापित छन् ।

गाडी उदाउने र तोडफोड गर्ने उनको भिन्न शैली छ । त्यसो त उनले अल द बेस्ट , गोलमाल सिरिज , चेन्नई एक्सप्रेस जस्ता कमेडी फिल्म पनि बनाएका छन् । यद्यपि  ती फिल्ममा पनि उनको एक्सन देखाउने शैली भिन्न छ ।

रोहितले लभ स्टोरीलाई पनि एक्सनको सेटअपमा देखाउने गर्छन् । यिनै रोहितले हिट साउथ इन्डियन फिल्म ‘गीता गोविन्दम को हिन्दी रिमेक लिएका छन् ।

उनले यसको रिमेक लिने समयमा साउथका फिल्महरु हिन्दीमा कमै सङ्ख्यामा रिलिज हुन्थे । तर, पछिल्लो समय अवस्था फेरिएको छ । अल्लु अर्जुन अभिनीत फिल्म ‘पुष्पा’ ले हिन्दी भाषामा राम्रो व्यापार गरेपछि यतिबेला साउथ इन्डियन फिल्महरु सिधै हिन्दीमा सेम डेटमै आउन थालेका छन् ।

दक्षिण भारतीय फिल्मनगरीमा तेलुगु भाषामा बनेको सफल फिल्म ‘गीता गोविन्दम’ को रिमेक बलिउडमा रोहितले आफैँ निर्देशन गर्छन् अरु कसैलाई दिन्छन् भन्ने चर्चा चलिरहेको छ । रोहितले आफ्नो समयलाई गोलमाल ५ र सिम्बाको कथाको लागि सदुपयोग गरिरहेका छन् । यसैले गर्दा पनि ‘गीता गोविन्दम’ को काम अगाडि बढ्न सकेको छैन ।

साउथ इण्डियन फिल्म ‘गीता गोविन्दम’ जम्मा ५ करोडमा बनेको थियो । यसले बक्स अफिसमा झन्डै १ सय ३२ करोडको आसपासमा कलेक्सन गरेको हो । यसैले गर्दा पनि यसलाई बलिउडमा रुचाइने विश्वास छ । फिल्ममा ‘अर्जुन रेड्डी’ का हिरो विजय देवरकोण्डा मुख्य भूमिकामा छन् । उनीसँगै फिल्ममा रश्मिका मन्दना, निथ्या मेनन लगायतको अभिनय रहेको थियो ।

प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलबार  ५ : ३० बजे

पश्चिम नवलपरासीमा आर्थिक गणना कार्यालय स्थापना

नवलपरासी– पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१२ शान्तिचौरस्थित साविकको करदाता सेवा कार्यायलमा

कानुन विपरित गतिविधि गर्ने तीन फर्ममाथि जरिवाना

काठमाडौँ– खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको कारोबारमा कानुन विपरितका गतिविधि

रुद्राक्ष खेतीबाट मनग्य आम्दानी

भोजपुर– भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत बनेको

राष्ट्रिय महिला लिग आजदेखि, उद्घाटन खेलमा एनआरटी र संकटा खेल्ने

काठमाडौँ– शहीद स्मारक राष्ट्रिय महिला लिग फुटबल आजदेखि सुरु हुँदैछ

चिकित्सकको त्रुटिविरुद्ध सर्वोच्चको आदेश- ‘पीडितको शारीरिक- मानसिक क्षति राज्यले भर्नुपर्छ’

काठमाडौँस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा झण्डै २ दशकअघि भएको