के ‘लभ स्टोरी’ फिल्मको तयारीमा छन् त रोहित? « Khabarhub

के ‘लभ स्टोरी’ फिल्मको तयारीमा छन् त रोहित?


२९ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बलिउडमा निर्देशक रोहित शेट्टी एक्सन फिल्म निर्देशकको परिचयमा स्थापित छन् ।

गाडी उदाउने र तोडफोड गर्ने उनको भिन्न शैली छ । त्यसो त उनले अल द बेस्ट , गोलमाल सिरिज , चेन्नई एक्सप्रेस जस्ता कमेडी फिल्म पनि बनाएका छन् । यद्यपि  ती फिल्ममा पनि उनको एक्सन देखाउने शैली भिन्न छ ।

रोहितले लभ स्टोरीलाई पनि एक्सनको सेटअपमा देखाउने गर्छन् । यिनै रोहितले हिट साउथ इन्डियन फिल्म ‘गीता गोविन्दम को हिन्दी रिमेक लिएका छन् ।

उनले यसको रिमेक लिने समयमा साउथका फिल्महरु हिन्दीमा कमै सङ्ख्यामा रिलिज हुन्थे । तर, पछिल्लो समय अवस्था फेरिएको छ । अल्लु अर्जुन अभिनीत फिल्म ‘पुष्पा’ ले हिन्दी भाषामा राम्रो व्यापार गरेपछि यतिबेला साउथ इन्डियन फिल्महरु सिधै हिन्दीमा सेम डेटमै आउन थालेका छन् ।

दक्षिण भारतीय फिल्मनगरीमा तेलुगु भाषामा बनेको सफल फिल्म ‘गीता गोविन्दम’ को रिमेक बलिउडमा रोहितले आफैँ निर्देशन गर्छन् अरु कसैलाई दिन्छन् भन्ने चर्चा चलिरहेको छ । रोहितले आफ्नो समयलाई गोलमाल ५ र सिम्बाको कथाको लागि सदुपयोग गरिरहेका छन् । यसैले गर्दा पनि ‘गीता गोविन्दम’ को काम अगाडि बढ्न सकेको छैन ।

साउथ इण्डियन फिल्म ‘गीता गोविन्दम’ जम्मा ५ करोडमा बनेको थियो । यसले बक्स अफिसमा झन्डै १ सय ३२ करोडको आसपासमा कलेक्सन गरेको हो । यसैले गर्दा पनि यसलाई बलिउडमा रुचाइने विश्वास छ । फिल्ममा ‘अर्जुन रेड्डी’ का हिरो विजय देवरकोण्डा मुख्य भूमिकामा छन् । उनीसँगै फिल्ममा रश्मिका मन्दना, निथ्या मेनन लगायतको अभिनय रहेको थियो ।

प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलबार  ५ : ३० बजे

विधायन व्यवस्थापन समितिबाट पर्यटन विधेयक पारित

काठमाडौं– राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले पर्यटन विधेयक पारित गरेको

एक्सन फिल्म ‘परिवर्तन’ हेर्न १६ वर्ष मुनिका दर्शकलाई अभिभावक साथ चाहिने

काठमाडौं – माघ ९ बाट प्रदर्शनमा आउन लागेको एक्सन फिल्म

अन्तर्राष्ट्रिय तेल बजारमा गिरावट, विश्वव्यापी लगानीकर्तामा अनिश्चितता

एजेन्सी– एशियाली शेयर बजारमा बुधबार प्रायः गिरावट देखिएको छ । अमेरिकी

दोलखाका उम्मेदवारलाई गिजाइरहेका बेवारिसे योजना  

दोलखा– पछिल्लो एक दशकको अवधिमा दुई वटा निर्वाचन सम्पन्न भएर

गगनलाई सभापति बनाएपछि के गर्दैछन् विश्वप्रकाश ?

काठमाडौं- नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले यसपटक कुनै पनि स्थानबाट