श्रीलंकामा प्रदर्शनकारीद्वारा वार्ताको प्रस्ताव अस्वीकार | Khabarhub Khabarhub

श्रीलंकामा प्रदर्शनकारीद्वारा वार्ताको प्रस्ताव अस्वीकार


१ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रीलंकामा प्रदर्शनकारीले वार्ता गर्न प्रधानमन्त्री महिन्दा राजपाक्षेले गरेको आग्रह अस्वीकार गरेका छन् । श्रीलंकाको गल्ले शहरमा ‘गोता गो गामा’ नामक सरकार विरोधी आन्दोलन चलाइरहेका प्रदर्शनकारीले वार्ताको प्रस्ताव अस्वीकार गरेको श्रीलंकाबाट प्रकाशित हुने डेली मिररको अनलाइन संस्करणले जनाएको छ ।

वार्ता प्रस्तावको जवाफमा प्रदर्शनकारीले सरकारसमक्ष दुई माग पेश गरेको जनाइएको छ । प्रदर्शनकारीले राष्ट्रपति गोताबाया राजपाक्षेले राजीनामा दिनुपर्ने र श्रीलंकाको सरकारमा रहेका राजपाक्षे परिवारका सबै सदस्यले पनि राजीनामा दिनुपर्ने माग राखेका हुन् ।

यसअघि प्रधानमन्त्री राजपाक्षेले गल्लेको फेस ग्रिनमा सरकारविरोधी प्रदर्शनमा सहभागी युवाहरुसमक्ष वार्ताको प्रस्ताव गरेका थिए । मुलुकमा जारी संकटग्रस्त अवस्थालाई ध्यानमा राख्दै प्रधानमन्त्रीले वार्ताको प्रस्ताव गरेको प्रधानमन्त्री कार्यालयलाई उद्धृत गर्दै डेली मिररले जनाएको छ ।

प्रस्तावको जवाफमा प्रदर्शनकारीले प्रधानमन्त्रीलाई पत्र लेख्दै राष्ट्रपति गोताबाया राजपाक्षेले राजीनामा नदिएसम्म र राजपाक्षे परिवारका सबै सदस्यले सरकार नछाडेसम्म आफूहरुको प्रदर्शन नरोकिने जनाएका हुन् ।

हाल श्रीलंकामा राष्ट्रपति गोताबाया राजपाक्षे र प्रधानमन्त्री महिन्दा राजपाक्षेसहित चमल राजपाक्षे, बसिल राजपाक्षे, नमल राजपाक्षे, शशिन्द्र राजपाक्षे र निपुना रनवाकालगायत राजपाक्षे परिवारका सदस्यहरुको सरकार र संसद्‍मा सहभागिता रहेको बताइएको छ ।

चरम आर्थिक संकट र अत्यावश्यक वस्तुको अभावका कारण हाल श्रीलंकाभर सरकारविरोधी प्रदर्शन चर्किरहेको अवस्थामा प्रदर्शनकारीले वार्ताको प्रस्ताव अस्वीकार गरेका हुन् ।

प्रकाशित मिति : १ बैशाख २०७९, बिहीबार  २ : १३ बजे

महामन्त्री ढकालमाथि रास्वपाले थप कारबाही अघि बढाउने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक अहिले पनि जारी

अर्थसंक्षेप : वर्षासँगै बिजुली उत्पादन बढ्दै, सहकारी संस्थाका सञ्चालकलाई निर्देशन

काठमाडौं– पछिल्लो सातादेखि देशभर वर्षा हुन थालेपछि जलविद्युत उत्पादन गृहहरूबाट

राष्ट्रियसभामा विनियोजन विधेयकमा छलफल

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८१ माथि को छलफल

एमालेले फिर्ता लियो सरकारको समर्थन, मन्त्रीहरूले राजीनामा बुझाउँदै

काठमाडौं- नेकपा (एमाले) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई

नागढुंगा-नौबिसे सडकखण्ड आज र भोलि राती पूर्ण रुपमा बन्द 

काठमाडौं– त्रिभुवन राजमार्ग  (नागढुंगा–नौबिसे सडक खण्ड)  बुधबार र बिहीबार रातीको