विपद्का दृष्टिले वर्ष २०७८ : ५०७ जनाको मृत्यु, ७७ जना बेपत्ता र साढे २ अर्बभन्दा बढीको आर्थिक क्षति  « Khabarhub

विपद्का दृष्टिले वर्ष २०७८ : ५०७ जनाको मृत्यु, ७७ जना बेपत्ता र साढे २ अर्बभन्दा बढीको आर्थिक क्षति 


१ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विपद्का विभिन्न घटनाले गतवर्ष २०७८ मा नेपालमा ठूलो जनधनको क्षति गरेको छ । गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपत्कालिन कार्यसञ्चालन केन्द्रका अनुसार गत वर्ष विपद्का घटनाबाट देशभर ५०७ जनाले ज्यान गुमाएका छन् ।

२०७८ वैशाख १ गतदेखि चैत ३० गतेसम्मको अवधिमा देशभर भएका ३ हजार ९०८ वटा विपद्का घटनामा परी उनीहरुले ज्यान गुमाएका हुन् ।

पहिरो, बाढी, भारी वर्षा, चट्याङ, सर्पको टोकाई, आगलागी, हावाहुरी, जनावरको आक्रमण, महामारी (कोरोना वाहेक), हिउँहुरी, हिउँ पहिरो, लेक लागेर, डुंगा दुर्घटना जस्ता विपद्का घटनामा परी उनीहरुको ज्यान गएको हो ।

गतवर्ष विपद्का घटनामा परी ७७ जना बेपत्ता र १ हजार ७८१ जना घाइते भएको केन्द्रले जनाएको छ । विपद्का घटनाबाट गतवर्ष ६ हजार १४४ परिवार प्रभावित भएका थिए ।

केन्द्रका अनुसार २०७८ सालमा विपद्का घटनाले देशभर २ अर्ब ६१ करोड २८ लाख ६७ हजार ५७४ रुपैयाँ बराबरको आर्थिक क्षति गरेको छ ।

अघिल्लो वर्ष २०७७ मा विपद्का घटनामा परी देशभर ५९४ जनाको मृत्यु, १०२ जना बेपत्ता र १ हजार १७२ जना घाइते भएका थिए । उक्त वर्ष विपद्का घटनाले २ अर्ब २ करोड ५४ लाख ४८ हजार ६६ रुपैयाँ बराबरको आर्थिक क्षति गरेको थियो ।

गत २०७८ सालमा सबैभन्दा ठूलो मानवीय क्षति पहिरोका कारण भएको छ । पहिरोमा परी गतवर्ष १८२ जनाको मृत्यु भएको थियो ।

गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २०७८ सालमा आगलागीमा परी ९४, चट्याङ लागेर ५६, बाढीमा परी ६३, जनावरको आक्रमणमा परी ४८, भारी वर्षाका कारण २२, सर्पको टोकाइबाट २१, हावाहुरीबाट ३, महामारीबाट ४, हिउँ हुरीबाट ४, लेक लागेर ३, हिउँ पहिरोबाट २, डुंगा दुर्घटनामा परी ३ जनाको मृत्यु भएको थियो ।

गतवर्ष विपद्का घटनामध्ये सबैभन्दा ठूलो आर्थिक क्षति आगलागीबाट भएको देखिन्छ । आगलागीले २०७८ सालमा २ अर्ब २६ करोड ८७ लाख ६५ हजार १२४ रुपैयाँ बराबरको आर्थिक क्षति गरेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार गतवर्ष भारी वर्षाले १२ करोड ९० लाख ४४ हजार १२० रुपैयाँ, बाढीले ११ करोड ५३ लाख ९१ हजार ५ सय रुपैयाँ र पहिरोले ३ करोड ४६ लाख रुपैयाँको आर्थिक क्षति गरेको थियो ।

प्रकाशित मिति : १ बैशाख २०७९, बिहीबार  ३ : ०१ बजे

सुनसरीको तनाव सिरहामा सर्‍यो, ठाउँ ठाउँमा प्रदर्शन

काठमाडौं– सुनसरीमा दुई समुदायबीच सुरु भएर अन्य जिल्लामा फैलिएको प्रदर्शन सिरहामा

देश जल्न थाल्यो, पूर्वराजा र राष्ट्रपति बोल्दा पनि तोडिएन प्रधानमन्त्रीको मौनता

काठमाडौं- पाँच दिनदेखि देशका विभिन्न क्षेत्रमा प्रहरी र प्रदर्शनकारीबीच झडप

संयमता अपनाउन र सामाजिक सद्भाव कायम राख्न ओलीको अपिल

कठमाडौं- नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

सिरहामा भदौ २४ कै दृश्य : प्रदर्शनकारीले लगाइदिए एबी मलमा आगो

काठमाडौं- सिरहाको गोलबजारमा प्रहरीको गोलीबाट एकजना युवकको मृत्यु भएपछि तनाव

सभापति लामिछानेले थाले कोशी र मधेसका सांसदसँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशको पछिल्लो समसामयिक