सोहेलले भने, ‘एभरेष्ट हेरेरै फर्किन्छु’  « Khabarhub

सोहेलले भने, ‘एभरेष्ट हेरेरै फर्किन्छु’ 


१ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बलिउड अभिनेता, निर्माता तथा निर्देशक सोहेल खान यतिबेला नेपालमा छन् । उनी आउँदो जेठ १४ गते सलमान खान कन्सर्टका लागि नेपाल आउने भएपछि त्यसको तयारी बुझ्न आएका हुन् । नेपाल आइपुगेका सोहेलले पत्रकार सम्मेलन अगाडि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेसँग भेटघाट गरेका थिए ।

पत्रकार सम्मेलन भइरहेको स्थानसम्मै पुगेपनि मन्त्री आले पत्रकार माझ भने उपस्थित भएनन् । पत्रकारसँग कुराकानी गर्दै सोहेलले आफूहरु नेपाली दर्शकलाई निराश नबनाउन नै कार्यक्रम गर्न हरेक पटक तत्पर रहेको बताए । ‘कार्यक्रम क्यान्सिल भएता पनि हामी बारम्बार गर्ने प्रयास गरिरहेका छौँ । म र सलमान भाई नेपाली फ्यानलाई निराश बनाउन चाहदैनौँ’ सोहेलले भने । उनले आफू बाल्यकालमा नेपाल आएको सम्झिए ।

‘म रक्सौल हुँदै स्कुले जीवनमा नेपाल आएको छु । यहाँ घुम्दाको अनुभव मैंले अन्त अनुभव गरेको छैन । मलाई लाग्थ्यो एभरेष्ट नजिकै हुन्छ भन्ने तर त्यो बाल्यकाल थियो र हेर्न पाइन् । तर, यसपटक एभरेष्टलाई नजिकबाट हेरेर नै फर्किने छौँ’ सोहेलले भने । उनले आफू र सलमान नेपाली दर्शक माझ प्रस्तुति पस्किन निकै आतुर रहेको समेत बताए ।

‘म र सलमान भाइ यहाँ आफ्नो कार्यक्रम प्रस्तुत गर्न आतुर छौँ’ सोहेलले भने । ओडीसी इन्टरटेनमेन्टका प्रवन्धक निर्देशक सिमान्त गुरुङले नेपाली कलाकारहरुको लाइनअप भइरहेको बताए । ‘हामी नेपाली कलाकारहरुको प्रस्तुतिको बारेमा कुराकानी गरिरहेका छौँ । संवत छिटै टुङ्गो लाग्छ’ उनले भने । सिमान्तले दशरथ रंगशालामा हुने ‘दबङ रिलोडेड टुर’ को बजेट २० करोड आसपासमा रहेको बताए । ‘सलमानले लिने रकम नेपालको लागि निकै न्यून हो । किनकी उहाँले हामीसँग सामान्य पारिश्रमिक मात्र लिनु भएको छ’ सिमान्तले भने । उनले कार्यक्रममा ३० हजार दर्शक उपस्थित हुने अनुमान गरिएको बताए । कार्यक्रमका लागि ५ हजार, १० हजार, १५ हजार र २५ हजार दरको टिकेट मूल्य तोकिएको छ ।

प्रकाशित मिति : १ बैशाख २०७९, बिहीबार  ४ : ०७ बजे

सेनाका पूर्वजर्नेल शर्मा बने अन्तरिम सरकारका परराष्ट्रमन्त्री

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गरेकी छन्। प्रधानमन्त्री कार्कीले

रविसँग मिल्ने चर्चाबीच महानगरको नगरसभामा व्यस्त बालेन

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्ने चर्चाबीच काठमाडौं महानगरपालिकाका मेयर

तीन ठूला नेता भेटेपछि सरकारका प्रवक्ता : फागुन २१ गतेको चुनाव अब सुनिश्चित भयो

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले शुक्रबार एकै दिन

जेनजी सहिदको घर पुगे प्रजिअ पौडेल

बैतडी- जेनजी आन्दोलनमा ज्यान गुमाएका बैतडीको शिवनाथ गाउँपालिका–२ का दीपक

नेपालमा रहेका खाद्यान्नमा देखियो मुटुलाई हानी गर्ने ‘ट्रान्स फ्याक्ट’ 

काठमाडौं– हामीले खाने खाद्यपदार्थहरूमा बढी ‘ट्रान्स फ्याक्ट’ हुँदा शरीरको मुख्य