'गणपति' को फर्स्टलुक पोस्टर रिलिज | Khabarhub Khabarhub

‘गणपति’ को फर्स्टलुक पोस्टर रिलिज


१ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भगवान र मानिसबीचको फरक देखाउने बताइएको नेपाली फिल्म ‘गणपति’ को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ ।

नयाँ वर्ष २०७९ को अवसरमा रिलिज गरिएको पोस्टरमा मानिस र हामीले भगवान मान्ने गणेशलाई सांकेतिक रुपमा आधा–आधा राखिएको छ ।

सविन अधिकारीको लेखन तथा निर्देशन रहेको फिल्ममा अभिनेता मुकून भुषाल र अभिनेत्री मेनुका प्रधानको प्रमुख अभिनय रहेको छ । उनीहरुसँगै सूर्यमाला खनाल, जयनन्द लामा, प्रकाश घिमिरे, राजाराम पौडेल, पुष्कर गुरुङ, अंशु मानन्धर, कालु राना, टीका भक्त जिरेल, देवेन्द्र बब्लु, सुशीला पोखरेल लगायतको अभिनय रहेको छ ।

‘गणपति’ नाम धार्मिक सुनिए पनि यसमा कुनै पनि धर्मको विरोध वा प्रचार नगरिएको निर्देशक अधिकारीले बताएका छन् । लक्ष्मण थापा, विज्ञान केसी र अरविन्द्र गिरी निर्माता रहेको फिल्ममा हरिबहादुर घलेको छायांकन रहेको छ । गीतमा अनिस अधिकारीले शब्द तथा संगीत दिएका छन् भने अनिस अधिकारी र देवेन्द्र बब्लुले आवाज दिएका छन् ।

प्रकाशित मिति : १ बैशाख २०७९, बिहीबार  ४ : ५६ बजे

कैलाली कारागार झडपका गम्भीर घाइतेलाई काठमाडाैं पठाइयो

धनगढी – कैलाली कारागारमा शुक्रबार राति भएको झडपका क्रममा गम्भीर

बागमती प्रदेशमा आइतबार सार्वजनिक बिदा

काठमाडौं – बागमती प्रदेश सरकारले आगामी साउन २५ गते गाईजात्रा

भोजपुरको टक्सारमा लाखेजात्रा

भोजपुर – भोजपुरको टक्सारमा लाखेजात्रा विधिवत् सुरु भएको छ ।

जालन्धर भुसाल बने कैलाली कारागारको नयाँ जेलर

धनगढी – शनिबार राति भएको झडपपछि कैलाली कारागारको नेतृत्वमा परिवर्तन

एनपीएल अक्सन : पहिलो चरणमा २६ खेलाडी अनुबन्ध, काठमाडौंको मात्रै कोटा पूरा

काठमाडौं – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को मिनी अक्सनको