रुपन्देहीमा युवतीको रहस्यमय मृत्यु, श्रीमान् पक्राउ | Khabarhub Khabarhub

रुपन्देहीमा युवतीको रहस्यमय मृत्यु, श्रीमान् पक्राउ


१ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– रुपन्देहीको तिलोत्तमामा एक महिलाको रहस्यमय मृत्यु भएको छ ।

तिलोत्तमा नगरपालिका–२ ड्राइभर टोल बस्ने २९ वर्षीया अनिता क्षेत्री टण्डनको रहस्यमय मृत्यु भएको हो । उनको माइती पक्षले भने अनिताको हत्या भएको आरोप लगाएका छन् ।

बुधबार राति सवा १० बजे घरमै अनिताको शव फेला परेको थियो । अनिताको हत्या भएको भन्दै माइती पक्षले प्रदर्शन गरेपछि प्रहरीले अनुसन्धानका लागि भन्दै श्रीमान् प्रेम टण्डनलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नवरत्न पौडेलले अनुसन्धानपछि मात्रै घटनाको वास्तविक विवरण पत्ता लाग्ने बताए । माइती पक्षले कारबाहीको माग गर्दै प्रेमको घर घेराउ गरेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

विष सेवन गरी आत्महत्या गरेको सूचना पाएपछि सोही सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बुटवलबाट टोली खटिएको थियो ।

अनिताको हत्या भएको भन्दै बिहीबार बिहानैदेखि प्रदर्शन भइरहेको छ । प्रहरी नायब उपरीक्षक पौडेलका अनुसार माइती पक्षले जाहेरी पनि कर्तव्य ज्यानमा दिएका छन् । सो जाहेरी पनि दर्ता भइसकेको पौडेलले जानकारी दिए । अमृता र प्रेम टण्डनको पाँच वर्ष अघि विवाह भएको थियो ।

पोस्टमार्टम रिपोर्ट आइसकेपछि मात्रै विष सेवनबाट मृत्यु भएको हो वा के भएको हो भन्नेबारेमा थाहा हुने उनको भनाई छ । कर्तव्य ज्यानमा जाहेरी दिए पनि निष्पक्ष छानबिन गरी वास्तविक तथ्य बाहिर ल्याउन प्रहरी प्रयासरत रहेको डिएसपी पौडेलले बताए ।

अनिताको शव पोस्टमार्टम गर्न बुटवलस्थित प्रादेशिक अस्पताल राखिएको छ । तर पोस्टमार्टम नभइसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घरपरिवारले योजना बनाएर हत्या गरेको अमृताका दाजु पुष्प खत्रीले आरोप लगाएका छन् । खत्रीका अनुसार पहिलादेखि नै घरायसी कामको विषयलाई लिएर घर पक्षले अमृतालाई धम्की दिने, झगडा गर्ने र हातपात गर्ने गरेका थिए ।

प्रकाशित मिति : १ बैशाख २०७९, बिहीबार  ६ : ५१ बजे

आपतकालीन बैठक बोलाउने तयारीमा अन्तर्राष्ट्रिय आणविक ऊर्जा संस्था

भिएना – संयुक्त राज्य अमेरिकाबाट इरानका प्रमुख आणविक केन्द्रहरूमा हवाई

भक्तपुर औद्योगिक मेलामा ३५ लाखको कारोबार

भक्तपुर – भक्तपुर उद्योग वाणिज्य सङ्घको आयोजना तथा उद्योग तथा

चिकित्सा शिक्षा सुधारका लागि नौबुँदे अपिल

काठमाडौं – राष्ट्रिय चिकित्सक सङ्घ नेपालले हाल सञ्चालनमा रहेका सम्पूर्ण

इलाममा ट्रक-मोटरसाइकल ठक्कर, दुईको मृत्यु

इलाम – इलामको रोङ गाउँपालिका–३ पाथलेडाँडामा आज साँझ भएको सवारी

मिथेन ग्यास र धौवादी फलामको उत्खननबारे ब्रिफिङः छिटो उत्पादनमा लाग्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखको ग्यास उत्खनन र