वैशाख ३० भित्र प्रहरी समायोजन गर्न मधेश सरकारको अल्टिमेटम « Khabarhub

वैशाख ३० भित्र प्रहरी समायोजन गर्न मधेश सरकारको अल्टिमेटम


१ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मधेश प्रदेशका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले अध्यादेश ल्याएरै भए पनि प्रदेशमा प्रहरी भर्ना गर्ने चेतावनी दिएका छन् ।

जनकपुरधाममा बिहीबार नयाँ वर्षको शुभकामना दिने क्रममा मन्त्री साहले संघ सरकारले प्रहरी समायोजन नगरे स्थानीय चुनावपछि अध्यादेश ल्याएरै भए पनि प्रहरी भर्ना प्रक्रिया अघि बढाउने चेतावनी दिएका हुन् ।

उनले वैशाख ३० गतेभित्र प्रहरी समायोजन गर्न संघ सरकारलाई अल्टिमेटम पनि दिएका छन् ।

मन्त्री साहले तीनवटै तहबीचको सम्बन्ध सुमधुर होस् र संविधानले दिएको अधिकार सुनिश्चित होस् भन्ने आफूहरूले अपेक्षा राखेको पनि बताए ।

उनले विधेयक ल्याउँदा बढी समय लाग्ने भएकाले अध्यादेशमार्फत नै अगाडि बढ्ने बताए ।

मन्त्री साहले कर्मचारीको अभावका कारण आफूहरूले राम्ररी काम गर्न नपाएको पनि बताएका थिए ।

प्रकाशित मिति : १ बैशाख २०७९, बिहीबार  ८ : ४९ बजे

नयाँ ऊर्जा र ‘पुन्टे’को साथमा पशुपति पेन्ट्सको दमदार पुनरागमन

काठमाडौं- १९९० को दशकमा टेलिभिजनको पर्दामा देखिने लोकप्रिय कार्टुन पात्र

२४ वर्षअघिको तीतो सम्झना ताजै : सेनेगलसँग खेल्दै फ्रान्स

काठमाडौं– फ्रान्स र सेनेगलले फिफा विश्वकपमा एकअर्कासँग प्रतिस्पर्धा गरिरहँदा २४

गण्डकी प्रदेशको बजेट ३२ अर्ब ९९ करोड ९९ लाख

काठमाडौं– गण्डकी प्रदेशले आगामी आर्थिक वर्षको लागि ३२ अर्ब ९९

कुमारी बैंक ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२६’ मा प्लाटीनम विजेता, अन्तर्राष्ट्रिय नवप्रवर्तनमा सम्मान

काठमाडौं– कुमारी बैंक लिमिटेड अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित ‘इन्फोसिस फिनाकल इनोभेसन

गण्डकी प्रदेशले करारका कर्मचारीलाई स्थायी सरह महँगी भत्ता दिने

काठमाडौं– गण्डकी प्रदेश सरकारले करारका कर्मचारीलाई महँगी भत्ता दिने भएको