प्रसिद्ध घटाल देवताको जात्रा आज « Khabarhub

प्रसिद्ध घटाल देवताको जात्रा आज


२ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डडेल्धुरा – डडेल्धुराको प्रसिद्ध घटाल देवताको जात्रा (मेला) आज मनाइँदै छ । अमरगढी नगरपालिका–३ मा पर्ने सुदूरपश्चिमकै प्रसिद्ध देवता घटालको जात्रा दुई वर्षपछि यस वर्ष मनाइँदै गरेको घटाल देवताका मुख्य धामी तिलकसिंह विष्टले बताए ।

कोराना महामारीका कारण दुई वर्षदेखि लाग्न नसकेको जात्रा यस वर्ष मनाउन लागिएको उनले जानकारी दिए । समाजमा अशान्ति बढेमा वा खडेरी परेमा घटाल बाबाले मनोकामना पूरा गर्ने गरेको जनविश्वास छ । गत वर्ष कोरना महामारीबाट बच्न सबै भक्तजनलले घरबाटै घटाल बाबालाई सम्झे भने यस वर्ष परम्परागतअनुसार मनाइन लागेको मन्दिरका धामी विष्टले बताए ।

घटाल देवताको जात्राका दिन सबैका अगाडि धामीले बालुवा र पानी खाई भाग दिने गरेको शक्तिशाली देवताको महिमा अनौठो प्रकारको रहेको बताइन्छ । अरु वर्ष हजारौँको सङ्ख्यामा विभिन्न क्षेत्रबाट घटाल जात्रा हेर्ने र पूजा गर्नेको घुइँचो लाग्ने गरेको भए पनि गत वर्ष सीमित व्यक्तिबाट परम्परामात्रै जोगाइएको थियो । यस वर्ष भने मेला भर्न सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट भक्तजन आउने क्रम जारी छ।

विगतका दुई वर्ष कोरोना भाइरसका कारण मुलुकभर भएको लकडाउनका कारण भीडभाड गर्न उपयुक्त नहुने हुँदा विभिन्न कारिन्दासँगको समन्वयमा सीमित व्यक्तिबाट घटाल जात्राको पराम्परामात्रै जोगाइएको भए पनि यस वर्ष विधिवतरूपमा मनाइने अमरगढी–३ का वडाध्यक्ष गोविन्दराज बोहराले जानकारी दिए ।

घटाल देवतालाई डोट्याली राजा नागी मल्लकी सातौँ रानीले माइतबाट दाइजो मागेर ल्याएको किंवदन्ती छ । घटाल जात्राका लागि विभिन्न गाउँमा स्थानीयवासीको आ–आफ्नै रीत छ । चम्सालका बोहराको कलश, सिंहासन र निशान हुने तथा भगवती मरकट्टे गाउँका महरले डोली बोक्ने, मड्का साँदले छडी बोक्ने र हटिगाउँका दलितले दमाहा बजाउने चलन छ ।

प्रकाशित मिति : २ बैशाख २०७९, शुक्रबार  ९ : ४२ बजे

भारतद्वारा नेपाललाई १० टन राहत सामग्री हस्तान्तरण

काठमाडौं– भारतले बाढी प्रभावित नेपालका लागि पहिलो चरणमा १० टन

रसुवा बाढी अपडेट : मृतकको संख्या १५७ पुग्यो, २८ प्रहरी अझै सम्पर्कविहीन

काठमाडाैं – रसुवामा आएको भीषण बाढीपछि २८ जना प्रहरी कर्मचारी

सरकारको निर्देशनविपरीत गृहमन्त्रीकाे संस्थाले‍ बाढीपीडितको नाममा उठाउन थाल्यो सहयाेग

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ जोडिएको ‘हामी नेपाल’ नामक गैरसरकारी

रसुवाको बाढी प्रभावित क्षेत्र नजिकै ५.२ म्याग्निच्युडको भूकम्प

काठमाडौं – रसुवामा भीषण बाढी आएर जनधनको ठूलो क्षति भइरहेका

रसुवा बाढी : नेपाली सेनाले रातभर उद्धार र खोजी जारी राख्ने

काठमाडाैं – नेपाली सेनाले आज रातभर पनि रसुवाको भोटेकोशी नदीमा