तनहुँमा वन्यजन्तु सप्ताह सुरु « Khabarhub

तनहुँमा वन्यजन्तु सप्ताह सुरु


२ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ – तनहुँमा २७औँ वन्यजन्तु सप्ताह सुरु भएको छ । ‘मानव–वन्यजन्तु सहअस्तित्वः हाम्रो साझा दायित्व’ भन्ने मूल नाराका साथ बिहीबारदेखि भानुभक्त प्राणी उद्यानको आयोजनामा वन्यजन्तु सप्ताह सुरु भएको हो ।

सप्ताहको शुभारम्भ गर्दै प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले मानिसले वन्यजन्तुको सहअस्तित्व स्वीकार गर्नुपर्नेमा जोड दिए। मानव र वन्यजन्तुको अहअस्तित्व स्वीकार नहुँदा विभिन्न घटना घट्ने गरेकाले दुवैको अस्तित्व बराबर रहेको प्रमुख जिल्ला अधिकारी अर्यालले बताए । मानव र वन्यजन्तुको सहअस्तित्वका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए ।

सो उद्यानले वन्यजन्तु सप्ताहका अवसरमा सात दिनसम्म विविध कार्यक्रमको आयोजना गरेको छ । सप्ताहका अवसरमा चरा अवलोकन साथै उद्यान सिमाना निरीक्षण तथा अनुगमन, सरसफाइ, विद्यालय शिक्षा कार्यक्रम, वन डढेलोसम्बन्धी सचेतना कार्यक्रम, स्थानीय सरोकारवालासँग छलफल कार्यक्रम सञ्चालन हुने उद्यानका रेञ्जर दिपेश मिजारले जानकारी दिए ।

प्रकाशित मिति : २ बैशाख २०७९, शुक्रबार  १० : ३५ बजे

मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं- मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री वालेन्द्र शाहको

वैज्ञानिकको सक्रियताले कृषि क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास छ : मन्त्री चौधरी

पाटन– कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले नेपाल कृषि अनुसन्धान

आन्तरिक विद्युत खपत बढाउन नीतिगत सुधारको तयारी, पूर्वी एसियासम्म निर्यात गर्ने लक्ष्य : ऊर्जामन्त्री

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युतको आन्तरिक खपत

दुई विधेयक दफावार छलफलका लागि स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाको बैठकले आज ‘पर्यटन विधेयक २०८२’ र ‘नेपाल राष्ट्र

जलजलाका १४९ सुत्केरीलाई घ्यू र अण्डा वितरण

पर्वत– जलजला गाउँपालिकाले चालु आर्थिक वर्षमा मल्लाज, लेकफाँट र शालिजाका