बिन्ध्यबासिनी हाइड्रोपावरको आईपीओ खुल्दै, आयोजना आसपासकाले मात्र पाउने « Khabarhub

बिन्ध्यबासिनी हाइड्रोपावरको आईपीओ खुल्दै, आयोजना आसपासकाले मात्र पाउने


२ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आयोजना आसपासका जनताका लागि साधारण शेयर बिक्री खुला गर्ने भएको छ ।

कम्पनीले यही वैशाख ११ गतेदेखि प्रतिकित्ता रु १०० अङ्कित रु १० करोड मूल्य बराबरको १० लाख कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्रीका लागि आह्वान गर्न लागेको हो ।

कम्पनीले आफ्नो जारी पूँजी (रु एक अर्ब) को १० प्रतिशतले हुने रु १०० अङ्कित दरका १० लाख कित्ता शेयरमध्ये आयोजनाको मुख्य संरचना क्षेत्रमा पर्ने लमजुङ जिल्लाको क्व्होलासोथार गाउँपालिका वडा नं ५, ६ र ७ तथा कास्की जिल्लाको मादी गाउँपालिका–८ र ९का बासिन्दाका लागि सात लाख कित्ता शेयर सुरक्षित गरेको छ ।

साथै बाँकी तीन लाख कित्ता शेयर क्व्होलासोथार र मादी गाउँपालिकाका अन्य वडाका बासिन्दालाई छुट्याइएको छ । कम्पनीले सार्वजनिक गरेको आह्वान पत्रानुसार आयोजना आसपास क्षेत्रमा बसोबास गर्ने स्थानीयवासीले यही वैशाख ११ गतेदेखि छिटोमा वैशाख २५ सम्म र सो अवधिमा मागबमोजिम आवेदन नपरे आगामी फागुन ९ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्ता शेयर खरिदका लागि आवेदन दिन पाउने छन् ।

कम्पनीले हाल क्व्होलासोथार गाउँपालिका तथा मादी गाउँपालिका भएर बहने रुदी खोलामा ‘रुदी ए आठ दशमलव आठ मेगावाट’ र ‘रुदी बी छ दशमलव छ मेगावाट’ क्षमताका दुई आयोजना निर्माण गरिरहेको छ । स्थानीयवासीले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आस्वा प्रणालीमार्फत शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।

साथै सानिमा बैंकको कास्की जिल्लामा रहेको विरौटा तथा पोखरा शाखा, सिभिल बैंक लमजुङ शाखाको मालिङ्ग शाखा, कामना सेवा विकास बैंकको कास्की तथा बेँसीशहर शाखा, पोखरा फाइनान्सको पोखरा तथा बेँसीशहर शाखा र आयोजनाको कार्यालयस्थलबाट पनि आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ । कम्पनीलाई केयर रेटिङ नेपालले ‘केयरनपी–आइआर बिबी प्लस इस्युअर’ ग्रेडिङ प्रदान गरेको छ ।

प्रकाशित मिति : २ बैशाख २०७९, शुक्रबार  १२ : १९ बजे

इन्जुरी समयको गोलले जोगियो कतार, स्वीट्जरल्यान्डसँग ऐतिहासिक बराबरी

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘बी’ को खेलमा

भारतीय अवरोधले चिया उद्योग बन्द हुने अवस्थामा, पहल गरिदिन परराष्ट्रसँग आग्रह

इलाम– भारतले नेपाली चियामा कडाइ गरेपछि इलामको सूर्योदय क्षेत्रका चिया

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

यी भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमेरिका-इरान युद्ध अन्त्यका लागि आजै सम्झौता हुने ट्रम्पको दाबी

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्ध रोक्नका