५० दिनसम्म रुसी आक्रमणबाट मुलुकको रक्षा गरेकोमा युक्रेनी राष्ट्रपतिको बधाइ « Khabarhub

५० दिनसम्म रुसी आक्रमणबाट मुलुकको रक्षा गरेकोमा युक्रेनी राष्ट्रपतिको बधाइ


२ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुसले युक्रेनमाथि आक्रमण थालेको ५० दिन पूरा भएको छ । यसबारे सन्देश जारी गर्दै युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ५० दिनसम्म रुसी आक्रमणबाट रक्षा गर्नु उपलब्धि भएको टिप्पणी गरेका छन् ।

बीबीसीका अनुसार आक्रमणका बेला रुसले ५ दिनको समय दिएकोमा ५० दिनसम्म मुलुकको रक्षा गर्नु उपलब्धि भएको उनको टिप्पणी छ ।

‘तर उनीहरुलाई युक्रेनीहरु यतिसम्म बहादुर छन् भन्ने थाहा थिएन… ।’ सन्देशमा जेलेन्स्कीले भने, ‘…स्वतन्त्रता र आफ्नो चाहनाअनुसार जीवन बाँच्ने सम्भावना हाम्रा लागि कति महत्वपूर्ण छ भन्ने उनीहरूलाई थाहा थिएन ।’

उनले युक्रेनी नागरिकलाई पनि बधाइ दिए । ‘५० दिनसम्म हाम्रो रक्षा उपलब्धि हो । दशौँ लाख युक्रेनीको उपलब्धि हो ।’

गत फेब्रुअरी २४ यता रुसले युक्रेनमाथिको आक्रमणलाई जारी राखेको छ । पछिल्लो समय रुसी आक्रमणको प्रमुख निशानामा पूर्वी एवम् दक्षिणी युक्रेन रहेको बताइएको छ ।

प्रकाशित मिति : २ बैशाख २०७९, शुक्रबार  १ : ०८ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै