‘नेपाल मैत्रिपूर्ण सहकार्यको बगैँचा हुनुपर्छ, भूराजनीतिक खेलको रणमैदान होइन’– चिनियाँ राजदूत « Khabarhub

‘नेपाल मैत्रिपूर्ण सहकार्यको बगैँचा हुनुपर्छ, भूराजनीतिक खेलको रणमैदान होइन’– चिनियाँ राजदूत


२ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल भू राजनीतिको रणमैदान हुन नहुने बताएकी छिन् ।

चीनको सरकार सञ्चालित ग्लोबल टाइम्सलाई दिएको अन्तरवार्तामा उनले नेपाल मुलुकहरूबीच मैत्रीपूर्ण सहकार्यको बगैँचा हुनुपर्ने टिप्पणी गरिन् । संसद्ले हालै एमसीसी पारित गरेको सन्दर्भमा सोधिएको प्रश्नमा उनले यस्तो टिप्पणी गरेकी हुन् ।

नेपाल र चीन दुबै मुलुकले सडक, विमानस्थल, विद्युतजस्ता पूर्वाधारको निर्माणमा सहकार्य गरेको भन्दै उनले दुई मुलुकबीचको सहकार्यमा कसैले पनि बाधा हाल्न नसक्ने बताइन् ।

नेपाल चीनको असर छिमेकी र मित्र रहेको उल्लेख गर्दै दुबै मुलुकले एक अर्काको सार्वभौमिकता एवम् भौगोलिक अखण्डताको सम्मान गर्दै आएको समेत बताइन् ।

अन्तर्राष्ट्रिय अवस्था तीव्र गतिमा परिवर्तन भइरहेको सन्दर्भमा नेपाल र चीन दुबै मुलुकका अगाडि महामारीविरुद्ध लड्ने र आर्थिक एवम् सामाजिक विकासलाई प्रोत्साहन गर्ने महत्वपूर्ण चुनौति रहेको उनको भनाइ छ ।

हालै चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणबाट चीनले नेपाललाई दिएको महत्व र सहयोगको प्रतिविम्ब झल्किने समेत उनले बताइन् ।

प्रकाशित मिति : २ बैशाख २०७९, शुक्रबार  १ : ५० बजे

बन्दीपुर भ्रमण वर्षमा साढे छ लाख पर्यटक भित्रिए

तनहुँ – बन्दीपुर भ्रमण वर्ष २०२५ को अवसरमा बन्दीपुरमा छ

बुद्ध एयरका यात्रु अर्जुनधाराका मेयर भन्छन् : दुई जना भाइहरूले ढोका फुटाए, हाम्फालेर बाँच्यौँ

काठमाडौँ । शुक्रबार साँझ काठमाडौँबाट भद्रपुर झापा उडान भरेको बुद्ध

नगेन्द्र न्यौपानेको ‘दरबारको कानुन’ उपन्यास लोकार्पण

काठमाडौं । उपन्यासकार नगेन्द्र न्यौपानेको उपन्यास ‘दरबारको कानुन’ लोकार्पण गरिएको

बुद्धको अर्काे जहाज टेक्निकल टिम लिएर गयो झापा

काठमाडौँ – झापाको भद्रपुर विमानस्थलमा दुर्घटनाग्रस्त जहाजबारे अध्ययन गर्नका लागि

असहाय ज्येष्ठ नागरिक र एकल महिलालाई सिरक वितरण

सिरहा – सिरहाको लहान नगरपालिकाले चिसो मौसमलाई मध्यनजर गर्दै ४५