जनसेवाश्री पदकबाट जोगिन्दर विभूषित  « Khabarhub

जनसेवाश्री पदकबाट जोगिन्दर विभूषित 


२ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हास्यकलाकार जोगिन्दरको उपनामले परिचित शिव शंकर रिजाल जनसेवाश्री पदकबाट विभूषित भएका छन् ।

No description available.

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा रही उत्कृष्ट कार्य गरेबापत जोगिन्दर सहित मानपदवी प्राप्त गर्ने महानुभावहरूलाई विभूषित गरेकी छिन्।

संविधान दिवसको अवसरमा सरकारले विभिन्न क्षेत्रबाट देशका लागि योगदान पुर्‍याउनेहरुलाई मानपदवीबाट हरेक वर्ष विभूषित गर्ने गरिन्छ । गत वर्ष पनि सरकारले संविधान दिवसको अवसरमा अन्य क्षेत्रसँगै कला क्षेत्रबाट देशलाई योगदान दिएको ठहर गर्दै विभिन्न व्यक्तिलाई सम्मानित गर्ने घोषणा गरेको थियो ।

जनसेवाश्री पदकबाट विभूषित  भएपछि जोगिन्दर खुशी व्यक्त गरे ।’कलाकारितासँगै समाजसेवामा समेत सक्रियता भएता पनि मैंले यो कहिले चर्चा गरेको छैन । कामको मूल्यांकन हुँदा अझै अगाडि बढ्ने प्रेरणा मिल्दो रैछ’ उनले भने । आउँदा दिनमा कलाकारितासँगै विविध पाटोमा सक्रियता बढाउने जोगिन्दरले बताए । कलाकारितासँगै राजनीतिमा समेत सक्रिय जोगिन्दर सर्लाही क्षेत्र नम्बर ४ बाट निर्वाचित नेपाली कांग्रेसका महासमिति सदस्य हुन् । नेपाल संस्कृतिक संघका महामन्त्री समेत रहेका जोगिन्दर बाहेक अन्य कलाकर्मी पनि विभूषित भएका छन् ।

वरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटा सुकीर्तिमय राष्ट्रदीप मार्फत विभूषित भएका छन् । यस्तै सुप्रबल जनसेवाश्रीबाट गीतकार कालीप्रसाद रिजाल र गौरी मल्ल विभूषित भएका छन् । प्रबल जनसेवाश्रीबाट लोक गायिका विष्णु माझी, कलाकार नवल खड्का, प्रकाश घिमिरे, रमेश बुढाथोकी, दीपाश्री निरौला, हेमन्त बुढाथोकी, दोहोरी गायक चन्द्र प्रसाद शर्मा, दोहोरी गायक कुलेन्द्र विश्वकर्मा, गायिका देविका प्रधान, संगीतकार कस्तुप पन्तलाई विभूषण गरिएको छ ।

अभिनेत्री केकी अधिकारी, अनमोल केसी, गायक प्रकाश सपूत, हेमन्त शर्मालाई भने सरकारले जनसेवाश्री पदकबाट विभूषण गरिएको छ । हास्य कलाकार कमल गाउँले, नृत्यकार महेश प्रकाश हाडा, गायक नविन कुमार पौड्याल, बहिरा कलाकार सुजल बम, नृत्यकार तेरिया फौजा मगर, राजकुमार राई, मैथली कलाकार रन्जु झालाई पनि यहीं पदकबाट विभूषित गरिएको हो । नेपालको संविधानको धारा २७७ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा विभूषण प्रदान गरिँदै आएको छ ।

प्रकाशित मिति : २ बैशाख २०७९, शुक्रबार  ३ : २९ बजे

बागमतीमा मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा– बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी

मिथिला क्षेत्रमा आज मधुश्रावणी पर्व समापन गरिँदै

महोत्तरी– मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन्

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, दुईजनाको मृत्यु

काठमाडौँ– इन्डोनेसियाको पूर्वी क्षेत्रमा पर्ने फ्लोरेस द्वीप नजिकै ७.७ म्याग्निच्युडको

शिक्षा मन्त्रालयले सातवटै प्रदेशमा शिक्षा संवाद गर्दै, पहिलो कार्यक्रम आज विराटनगरमा

काठमाडौँ– शिक्षा मन्त्रालयले प्रस्तावित शिक्षा ऐन ल्याउनुअघि सातवटै प्रदेशमा पुगेर

नेपाल आयल निगमले काठमाडौँका यी पाँच ठाउँबाट खाना पकाउने ग्यास वितरण गर्दै

काठमाडौँ– नेपाल आयल निगमले आज काठमाडौँका विभिन्न पाँच ठाउँबाट खाना