एमसीसीभन्दा बढी अनुदान यूएसएआईडीमार्फत् आउँदै | Khabarhub Khabarhub

एमसीसीभन्दा बढी अनुदान यूएसएआईडीमार्फत् आउँदै


२ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालले अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग यूएसएआईडी बाट करिब ८० अर्ब रुपैयाँको सहयोग पाउने भएको छ ।

बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय आज सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यूएसएआईडीमार्फत् आउने यो अनुदान रकम स्वीकार गर्ने निर्णय भएको जानकारी दिएका हुन् ।

अमेरिकी डलर ६ सय ५९ मिलियन अर्थात् करिब ७९ अर्ब ७१ करोड रुपैयाँ अनुदान प्राप्त हुन लागेको हो ।

यूएसएआईडीको यो अनुदान रकम चर्चित अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को सहयोगभन्दा पनि बढी हो ।

एमसीसीले पाँच सय मिलियन डलर अर्थात् करिब ६१ अर्ब रुपैयाँ अनुदान दिएको छ ।

एमसीसी र यूएसएआईडी दुवै अमेरिकी नियोगहरू हुन् ।

यूएसएआईडीले नेपालका स्वास्थ्य, शिक्षालगायत विभिन्न क्षेत्रमा सहयोग गर्दै आइरहेको छ ।

प्रकाशित मिति : २ बैशाख २०७९, शुक्रबार  ९ : ४८ बजे

‘घरमै सुरक्षित छैनन् छोरी’

गोरखा – गत असार १४ गते जिल्ला प्रहरी कार्यालयमा एउटा

ट्र्याक खुलेको ३३ वर्षपछि सडक कालोपत्र

गोरखा – गोरखा नगरपालिकास्थित मझुवा–बैटारी–हटिया सडकखण्डमा ट्र्याक खुलेको ३३ वर्षपछि

लस एन्जलसमा कारले भीडलाई ठक्कर दिँदा २८ जना घाइते

लस एन्जलस – अमेरिकी राज्य लस एन्जेलसको हलिउडमा शनिबार बिहान

समाज परिवर्तनमा साहित्यकारको महत्वपूर्ण योगदान छ : रक्षा राई

काठमाडौं – रक्षामन्त्री मानवीर राईले समाजमा सकारात्मक सन्देश फैलाउने र