‘आक्रामक रवैया’ अपनाएको भन्दै रुसद्वारा बेलायती प्रधानमन्त्री जोनसनविरुद्ध प्रतिबन्ध « Khabarhub

‘आक्रामक रवैया’ अपनाएको भन्दै रुसद्वारा बेलायती प्रधानमन्त्री जोनसनविरुद्ध प्रतिबन्ध


३ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुसले बेलायती प्रधानमन्त्री बोरिस जोनसनमाथि यात्रा प्रतिबन्धको घोषणा गरेको छ । बीबीसीका अनुसार रुसको युक्रेन आक्रमण प्रति बेलायतको ‘आक्रामक रवैया’ का कारण यस्तो घोषणा गरिएको हो ।

रुसको प्रतिबन्धको सूचीमा बेलायती विदेशमन्त्री लिज ट्रस, रक्षामन्त्री बेन वाल्लेस र अरु १० वरिष्ठ नेताहरू रहेको बीबीसीले जनाएको छ ।

युक्रेनमाथि आक्रमण गरेयता बेलायतले आफ्नो मुलुकमाथि लगाएका प्रतिबन्धको बदलास्वरूप पछिल्लो निर्णय लिइएको रुसको जिकिर छ ।

गत मार्च महिनामा रुसले अमेरिकी राष्ट्रपति जो बाइडेनमाथि यस्तै प्रतिबन्धको घोषणा गरेको थियो ।

प्रकाशित मिति : ३ बैशाख २०७९, शनिबार  ३ : ५८ बजे

भोटेकोशी बाढीको एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा अकस्मात् बाढी गएको एक महिना भएको

खुम्बु क्षेत्रमा हिमपात,सात विदेशी पर्यटकको उद्धार

सोलुखुम्बु- सोलुखुम्बुको खुम्बु क्षेत्रमा भारी हिमपात भएपछि उच्च हिमाली क्षेत्रमा

झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी

झापा– बङ्गालको खाडीबाट अगाडि बढिरहेको वर्षा प्रणालीका कारण बाढी तथा

बाढी पसेपछि सुस्तावासी समस्यामा

नवलपरासी– निरन्तरको वर्षाले पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीको बाढी बस्तीमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण