कश्मीरी पण्डित कश्मीर फर्किन थाले « Khabarhub

कश्मीरी पण्डित कश्मीर फर्किन थाले


३ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लडाकु समूहबाट हुने आतंककारी आक्रमणको जोखिम मोल्दै सन् २०१९ अगष्टमा धारा ३७० हटेयता ठूलो सङ्ख्यामा कश्मीरी पण्डितहरू कश्मीर फर्किन थालेका छन् ।

डेक्कन हेराल्डका अनुसार त्यसयता हालसम्म २ हजार १ सय भन्दा धेरै कश्मीरी पण्डितहरू कश्मीर फर्केका छन् । सन् १९९० मा द्वन्द्व चर्किएसँगै ५५ हजार जति कश्मीरी पण्डितहरू पलायन भएर जम्मु लगायत मुलुकका अन्य भूभाग पुगेका थिए ।

सरकारी तथ्यांकअनुसार सन् २०२०–२१ मा ८४१ जना र सन् २०२१–२२ मा १ हजार २ सय ६४ कश्मीरी पण्डितले कश्मीर फर्किन आवेदन दिएका थिए ।

प्रधानमन्त्रीको विकास प्याकेजअनुसार कश्मीरी पण्डितहरूलाई कश्मीर फर्किनका लागि प्रोत्साहन गर्नका निम्ति ३ हजार सरकारी कोटा पनि निर्धारण गरिएको छ । तीमध्ये २ हजार ८ सय २८ जनाको आवेदन प्रक्रिया पूरा भएको डेक्कन हेराल्डले जनाएको छ ।

प्रकाशित मिति : ३ बैशाख २०७९, शनिबार  ६ : ३५ बजे

ललितपुरमा चक्कु प्रहारबाट गम्भीर घाइते दाजु भाइको मृत्यु

काठमाडौँ- ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट गम्भीर घाइते

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर

जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी

कोशीका मुख्यमन्त्री कार्कीलाई मातृ शोक

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको

बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक