कर्णालीमा धमाधम उम्मेदवार सिफारिस गर्दै एमाले « Khabarhub

कर्णालीमा धमाधम उम्मेदवार सिफारिस गर्दै एमाले


४ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – कर्णाली प्रदेशका स्थानीय तहमा पाँच दलीय गठबन्धनलाई उम्मेदवार छनोट गर्न हम्मेहम्मे भइरहेका बेला नेकपा एमालेले धमाधम उम्मेदवार सिफारिस गरिरहेको छ।

माओवादी केन्द्रका कर्णाली प्रदेश इन्चार्ज कालीबहादुर मल्लले १० जिल्लामा भएको छलफलमा कुनै सहमति नजुटेको जानकारी दिए । ‘सबै जिल्लाबाट रिपोर्ट आएको छ, तर सहमतिभन्दा विमतिकै रिपोर्ट बढी आएकाले पार्टीका प्रदेश अध्यक्ष विमला केसी  छलफल हुँदैछ,’ उनले भने, ‘रिपोर्ट जे आए पनि प्रदेशबाट सहमति गरेर केन्द्रमा ५ वैशाखसम्म रिपोर्ट पठाइने छ ।’

आइतबार एकीकृत समाजवादीसँग माओवादीले छलफल गर्न लागेको छ । आफ्नो हैसियतभन्दा ठुलो भाग खोजेपछि सहमति हुन नसकेको नेताहरूले बताएका छन् ।

रुकुम पश्चिममा कुनै पालिका नजितेको कांग्रेसले तीन ६ मध्ये तीन पालिकासहित जिल्ला समन्वय प्रमुख मागेपछि सहमत हुन नसकेको माओवादीका एक नेताले बताए । सदरमुकाम मुसीकोटलाई कांग्रेसले बटमलाइन बनाएकाले समस्या भइरहेको उनको भनाइ छ ।

डोल्पामा एउटा पालिका पनि नजितेको कांग्रेसले सदरमुकामसहित तीन पालिका मागेपछि सहमति हुन नसकेको भन्दै प्रदेशमा जानकारी गराएको छ । जाजरकोटबाट सत्तासीन दलहरुले जितेको ठाउँमा सुरक्षित गर्दै एमालेले जितेको ठाउँमा मात्र भागबन्डा गर्ने सहमतिसहितको पत्र प्रदेशमा पठाएको जिल्ला माओवादी जिल्ला इन्चार्ज गगनबहादुर खड्काले बताए । उनका अनुसार सदरमुकाम नै सबैको प्रतिष्ठाको विषयबन्दा सहमति ठोस सहमति हुन सकेको छैन । सदरमुकाममा एमालेले जितेका कारण त्यहाँ आफूले पाउनुपर्ने माग एकीकृत समाजवादीको छ ।

सल्यानमा पनि सदरमुकाम नै प्रतिष्ठाको विषय बनेको छ । केन्द्रबाट गरिएको सर्कुलरभन्दा बाहिर गएर छलफल गर्न थालेपछि सहमति हुन नसकेको नेताहरू बताउँछन् । सहमतिका लागि हुने गरेको वार्तामा उम्मेदवारका आकांक्षी नै बस्ने भएकाले सहमति हुन नसकेको स्रोतको दाबी छ ।

कालीकोटमा पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीको जिल्लामा समेत भागबन्डा मिलेको छैन । पूर्वमन्त्री नरेश भण्डारीको क्षेत्र जुम्लामा पनि अहिलेसम्म कुरा मिल्न सकेको छैन ।

जिल्लाबाट आएको रिपोर्टको विषयमा आइतबार प्रदेशमा बसेर निर्णायक छलफल गर्न लागेको माओवादी केन्द्रकी प्रदेश अध्यक्ष विमला केसीले बताइन् ।

प्रकाशित मिति : ४ बैशाख २०७९, आइतबार  १२ : ०३ बजे

रसुवा बाढी : मधेश सरकारका पदाधिकारी–कर्मचारीले एक दिनको तलब दिने

काठमाडौं – रसुवामा भोटेकोसी नदीमा आएको अकल्पनीय बाढीबाट भएको जनधनको

भोटकोशी बाढी : एक हजारभन्दा बढी सवारीसाधनमा क्षति

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट एक हजारभन्दा बढी

त्रिशूली र नारायणी नदीमा ५३ शव भेटिए

चितवन – चीनको स्वशाषित क्षेत्र तिब्बतबाट हुँदै भोटेकोशीमा गएको बाढीसँगै

भोटेकोशी बाढी : तनहुँमा ६ शव भेटिए

तनहुँ – भोटेकोशीमा गएको बाढीसँगै तनहुँको त्रिशूली र देवघाटको नारायणीमा

रसुवा बाढीमा १९६ भन्दा बढी जलविद्युत कर्मचारी र कामदार सम्पर्कविहीन, प्राधिकरणको उद्धार टोली सक्रिय

काठमाडाैं – रसुवा बाढीमा परी जलविद्युत आयोजनामा कार्यरत १९६ भन्दा